Word By Tmaya Rai

nepali poem collection


शब्द

शब्द शब्दसँग प्रेम छ मलाई
म हरेक चिज शब्दमा देख्न चाहन्छु
शब्द छ र म छु अनि छ शब्दको संसार
म हावालाई शब्द मार्फत अचल बनाउँछु
म पानीमा शब्दलाई सुकाउँछु

म शब्दको सुगन्ध लिन्छु फुल बनाएर
म शब्द मार्फत जोडिन चाहन्छु पुल बनाएर
निलो कालो हरियो पहेँलो रातो
आहा कति राम्रो सृस्‍टिको विस्तार
म अनि मेरो शब्द तिमी मालिक म गुलाम

म शब्दको सेवन गर्छु नसा बनाएर
त्यसैले काँडाप्रति पनि उत्तिकै लगाब छ मेरो
वाह मेरो शब्द म जस्ता धेरै धेरैका शब्द
बयान गरिनसक्नु महिमा तिम्रो अपरम्पार
अँध्यारोसँग डर लाग्दैन
जब देख्छु जुन तारा मुस्काइरहेका हुन्छन
त्यो अँध्यारोमा छ शब्द
त्यो उज्यालोमा शब्द
शब्दै शब्द कहिल्यै नअघाउने शब्दहरू
मेरो त जीवन नै हौ तिमी
अनि मेरो जिउनुको उत्कर्ष पनि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *