Wolf By Tmaya Rai

म आमा संगै किचनमा थिंए, आमा तर्कारी काटकुट गर्दै हुनुहुन्थ्यो, म चाहिँ चामल भिजाउंदै थिंए, “भान्जी यता आउत नानी”, भित्रबाट बतासिएर आको आवाज कानमा ठोकियो, घिनलाग्दो त्यो आवाज अरु कसैको नभएर मामाको थियो, आफ्नै मामा त होइन उ, आमाले दाइ भनेर सम्बोधन गरेकै भरमा मैले पनि मामा भनी बोलाउने गर्थे उस्लाइ,

“मामाले बोलाउंदै हुनुहुन्छ, जाउ जाउ” मलाइ असहय भएकै बेला आमाले थप्दै भनीन, बिचरी मेरि आमालाइ त्यो दाई भनौदोको असलियत थाहा हुने कुरै थिएन नत्र कहानीले अर्कै मोड लिन्थ्यो होला, हुन त कतीचोटि मैले भन्न खोजें तर आमालाइ मेरो कुरामा बिश्वास नभएकै कारण सुरु गर्न मात्रै के लागेको हुन्थें ”बढी कुरा गर्छस” भन्दै उल्टै मलाइ नै पो  थर्काउन थाल्नु हुन्थ्यो !

“दाजु एकैछिन है अली समय लाग्छ, अबिर सकेको रैछ , लिन पठाको छु अनि मात्रै काम सुरु गर्नु होला है” , “हुन्छ नि बहिनी त्यस्तो केही हतार छैन,बिस्तारै गर्दा नि हुन्छ”, पातकीको मनमा लड्डु फुट्दै गरेको हुनुपर्छ त्यो भन्दै गर्दा पनि, मेरो भने हालत खराब थियो, चाहेर पनि केही गर्न नसक्दा लाज अनी घिनले शरीरबाट कम्पन छुट्दै थियो,

मलाइ त्यो मामा मनै पर्दैनथ्यो । कहिले कता कहिले कता हात लाइबस्ने, जान मन नलागी नलागी गएर उभिए, डाइनिंग हलमा बियर पिउंदै थियो उ, अलि यता आउन भन्दै मलाइ उस्को काखमा राख्न खोज्यो, मामा म कुर्सीमै ठिक छु भनें, “तर जबर्जस्ती तानेर काखमा राख्दै भन्न थाल्यो “के सारो लजाको , कहां दुख्छ भन त , महिनावारि हुंदा सार्है दुख्छ फुकफाक गरि दिनु पर्यो मेरो छोरीलाइ भनेर पो आको त “, “सानो पेट दुख्छ” मैले भनें, “फुक्नु पर्छ फुकेपछि दुखाइ कहां जान्छ जान्छ , खै हेरुं मेरो भान्जीको दूध कत्रो भएछ, दूध छैन भने त बिहेमा गाइ दाइजो पक्का,मेरो भेस्ट भित्र हात घुसार्दै भन्यो , प्लिज मामा नाइ भन्दै, म त्यहांबाट भागें |

लुक्न खोजी रहेकै बेला आमाले बोलाइन, हजुर भनें “होइन कहां गइराको मामाले बोलाउंदै हुनुहुन्छ ,अब फुक्ने बेला भो रे ,छिट्टो आइज “
गार्हो मान्दैं “हवस” भनें, घिन लाज संगसंगै फेरि त्यो मामा भन्ने ब्वांसोको अगाडी गएर उभीए, “कता दुख्छ” भन्दा इशारा गर्दै सानो पेट देखांए, “कट्टु खोल त हेर्छु ” भन्दा “नाइ” भनें, “होइन, दुखेको पेट हो कट्टु चाहिँ किन खोल्नु”भन्दै प्रतिकार गरें, आनाकानी धेरै गर्यौ भने बाबालाइ बोलाइ दिन्छु अनि थाहा पाउली”, बाबा फेरि कुरै नबुझी पिटीहाल्ने , त्यसैले डर मानी मानी कट्टु खोलें, कट्टु खोलेपछि निहुरिंदै धुपबत्ती मेरो यौनी नजिकै लगेर फु फु गर्यो , रिस यती उठ्यो कि सिधै किचनमा पसेर चक्कु ल्याइ त्यस्को मुटुमै रोपीदिउं लाग्यो !

टोइलेट जाने निहुंमा म दोस्रो फ्लाट पुगें।भर्याङ्गको सिधा बाबाको अफिस कोठा पर्थ्यो । संधै झैं फ्याक्ट्रीको हिसाब किताब हेर्दै हुनुहुन्थ्यो बाबा, त्यस पछिको अर्को कोठा फुपुलाइ दिइएको थियो । फुपुको एउटा छोरा एउटी छोरी , श्रीमान इंडियन आर्मी कहिले कहिले छुट्टीमा आउनु हुन्थ्यो । भाइ बहिनी स्कुल , फूपू माथी कौसीमा लुगा सुकाउन जानू भाको रैछ, फुपुको कोठामा पसेर चुकुल लाए । एकै छिनमा मेरो नाम लिंदै , फलानी छ भन्दै बांकी बालमा चढाइएको कोठामा पनि ढकढक गर्दै गरेको सुनें, दुइटा कोठापछि अर्को कोठा बाबाको, यदि बाबाले त्यो सब थाहा पाए, मलाइ भन्दा उसैको साथीलाई बिश्वास गर्ने कुरो पक्का थियो, त्यसैले आँसु पुछ्दै चुकुल खोलें !

मलाइ ओछ्यानमा सुत्न लायो, कट्टु त्यस्ले नै खोलीदियो । आँखा हातले छोपें, फेरि त्यहि क्रम दोहोरियो । धुप बत्ती सल्काएर फुफु गर्दै ,अबिरको टिका लाइदियो, म निरीह चुंक्क गर्न सकिन, “आया” भनें, त्यस्को औंला मेरो यौनी भित्र पसाइ सकेको रहेछ । “के को आया यस्तो गर्दा त मज्जा पो आउन पर्ने भन्यो”, त्यस्को केही क्षणमा नै फुपुले ढोका ढकढक गर्नु भो, ढोका खोल्न समय लागेपछि “को छ हं मेरो कोठामा” भन्दै गर्दा बल्ल ढोका खोल्यो त्यस्ले, म त्यतीखेर नि नाङ्गै बेडमा लडिरहेको थिंए, फुपुले “थुक्क मुर्दा पख तंलाइ दाइ भाउजुलाई नभनी छोडदिन” भन्दै “भाउजु भाउजु “भन्दै आमालाइ बोलाएर सबै कुरा सुनाउनु भयो, तंपाई खुरुक्क निक्लेर जानुस आमाले त्यती मात्रै भनीन त्यो ब्वांसो चुपचाप त्यहांबाट निक्लीयो ।

बहिनी धेरै हल्ला नगर्नु, यो कुरा कतै नजाओस आमाले फुपुलाइ भन्नु भो,म त्यतीखेर तेर्ह बर्षको थिंए त्यती कांचो नि होइन त्यो उमेर ,त्यसैले म त्यो ब्वांसोको नजरमा पर्न चाहान्नथे र भागी हिंडथे, बाबा बाहिर निस्कनु भइसकेको रहेछ, बाबा छैन भन्ने कुरो अगाडि नै थाहा पाए, ढोका कहाँ खोल्थें र , तर त्यो सबै हुन पर्ने रैछ , भएरै छोड्यो ।

फूपू अलिकता ढिला भइदिएको भए ,मेरो बलात्कार भइसक्ने थियो,मेरो बलात्कार नै भएको भएनी, त्यो मेरो गल्ति हुन्नथ्यो त्यो सब आमाले बुझ्नु भाको भए त्यस्लाइ प्रहरीको जिम्मा लाउन सकिन्थ्यो , उल्टो मलाइ पो, “कसैलाइ नभन्लास नत्र इज्जत जान्छ, बिहे हुंदैन , मान्छेले कुरा गर्ने मौका पाउनेछ्न,यो सबै कुरा थाहा पाए बलात्कार भाकै हो भन्ने निष्कर्षमा पुग्ने छ्न, सत्य कुरा हामीलाइ पो थाहा छ तर मान्छेले भाको नभाको कुरा गरेर झन गाह्रो बनाइ दिनेछ” भन्नु भो आमाले, शायद आमाले यो बिषयमा बाबालाइ नभनेको हुन सक्छ किनकी बाबाले थाहा पाउनु भाको भए त जे नि हुनसक्थ्यो ।

यस्तो ढाकछोप बढि हुने भएकोले नै कती बलात्कारीहरु बार बार त्यस्तो घटनालाइ दोहोराइ राख्छ्न । अंधबिश्वासले गर्दा ठाउंठाउँमा कत्रा कत्रा अपराधहरुले शिर ठड्याएको छ, डाक्टर नै हुन रोगबाट मुक्त गराउने,बाबा माता आदि इत्यादीको चक्करमा परेर आफ्नो विवेक गुमाउनु हुंदैन, छोराछोरीको पनि कुरा सुन्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *