Sorrow By Tmaya Rai

खाना खाएर किचन सफा गर्दै गर्दा ,मोबाइल बज्न थाल्छ, नेपालबाट आएको हुन्छ त्यो कल, फोन उठाउन मात्र के लागेको हुन्छु ,नानीको बाबाले फोन लिएर गार्डेनमा निक्लीन्छ, निकै बेर सम्म कुरामा अलमलेको देख्दा शंकाका बादल डम्म लाग्छन् ।बाबा बिरामी , क्यान्सर रोगबाट पिंडीत वहांको हालत दिन प्रतीदिन खस्कंदै जांदै थियो,मन भरी बाबाकै कुरा खेलीरहन्छ ।

कामै नसकी , म हतार हतार नानीको बाबा भएतिर गए र फोन खोसे । मैले हेलो भने ,”दिदी बाबा त मुस्किलले भोली नत्र पर्सी सम्म मात्रै रहने भो ,घाटे बैदेले त्यस्तै भन्यो” | “हं के भन्छ यती छिटो टिकट कसरी मिलाउनु अब ,” तीन महिनाको म्याद देको छ भन्यौ र त्यहि अनुसार टिकट मिलाको, दुई हप्ता नि भाछैन डेट देको कसरी यस्तो भो “? बुहारीलाइ भने, उनी मेरो जेठो भाइको पत्नी हुन , जसरी नि टिकेट मिलाउंछौ भनेर लाइन काटें |

मन भारी गर्दै टिकेट सार्नतिर लागें, सारे सर्छ नत्र नयां टिकेट काटेरै भएनी पुग्छु भन्ने सोंचेर ट्राभल अफिसमा फोन गरें तर लाइन नै लागेन | आत्तीएको माथी झन आत्तिए, त्यती नै बेला नानीलाइ काखमा लिएर नानीका बाबा आइपुगे | “लौ न ड्याडी छिटो भन्दा छिटो पुग्नु पर्ने भो ,नत्र सास नै नभेटिएला जस्तो छ”, | म आत्तिएको देखेर नानीलाइ थुपुक्क बेडमा राख्दै ,मलाई पो आलींगन गर्नतिर लाग्नु भो | “अब जहिलेको टिकेट काटीएको छ त्यसमै जाउं” पो भन्न थाल्नु भो। “होइन के भन्छ यो मान्छे, किन कुरो नबुझेको , छिट्टो नगरे बाबाको सास पनि नभेट्ने भइसक्यो बरु तंपाइ पनि तयार हुनेतिर लागे हुन्छ”मैले भने । “अब जती छिटो गरेनी केही हुन्न बाबा बित्नु भइसक्यो”, “हं भन्दै मुर्छा पर्छु ।” बाबा किन यस्तो गर्नु भो नि “भन्दै छाती पिटी पिटी रुन थाल्छु।यती रोए कि सहनै नसक्ला झैं भो, जे गर्दा नि कम नभएपछि, “सुत एकछिन हलुका हुन्छ , म नानी लिएर तल झर्छु त्यतीन्जेल आराम गर” ,भन्दै नानीको बाबाले कम्मल ओढाइ दिनु भो ।


रुंदारुदै थाकेर होला एकछिन निदाएछु तर बाबाको अभाव सपनाले नि संझाए जस्तो झसङ्ग हुँदै ब्युझिंए | त्यसपछि पनि रोइ नै रहें।”हेर हाम्रो नानी छ ,नानीको मुख हेरेर भएनी मनलाई बलियो बनाउनुपर्छ, सबैको बाबा आमा मर्छ्न नै, नमर्ने बाउआमा कसैको हुंदैन | हामी पनि त मर्छौं एकदिन, हेर त नानीलाइ” भन्दै औंला चुस्दै गरेको नानी काखमा राखि दिंदै संझाउनु भो | काखे नानी आफ्नै धुनमा कहिले म तिर कहिले बाबातीर हेरि बस्छे । औंला चुस्दै र्याल निकाली रहेकि छोरीको मुख रुमालले पुछीदिन्छु। खुट्टा हात जोडजोडले चलाउंदै केही भन्न खोजे जस्तो गर्छे,
म रुंदा छोरी नि रोइ, बाजे बितेको भन्दा आमा रोएको कुराले रोएकी हुनुपर्छ । “ममी ममी” भनीरहेकी छोरीलाइ हेरिरहें, न्याप्पी फेर्ने बेला भाको रैछ, न्याप्पी फेरिदिंए |

बिस्तारै मन बुझ्दै थियो, खाना नरुचेनी खानै पर्ने, कमजोर शरिरले भोकै बस्न कहां दिंदो रैछ र , दूध र भात खायौं। “सास त भेटिन भेटिन लास भएनी
हेर्छु, म नआए सम्म शब नजलाउनु” , “अब तिमीहरु आउनु झन्डै हप्ता दिन जती नै छ के गर्नु आइस बक्स नि पाएन”, आमाको यस्तो कुरा सुनेर मैले भनें “जे सुकै गर मैले बाबाको अंतीम दर्शन गर्न पाउनै पर्छ ” , “हिमालमा मान्छे धेरै मरेको भएर आइस बक्सको सर्टेज भाको रैछ नानी” , आमाको यस्तो कुरा सुनेर “लौ जे गर गर “भन्दै दिक्क लागेर फोन काटिदींए । बाबाको शबलाई बौद्द धर्म अनुसार रातभरि राखेछन र त्यस्कै भोलीपल्टै दाह संस्कार गरेछ्न ।बिन्ती भाउ गरेर बल्ल बल्ल छुट्टि मिलाएर कोरियाबाट गाको जेठो भाइले सास त भेट्यो तर पुगेकै भोली जस्तोमा बाबा बित्नु भो ।

भारी मन बनाएर एअरपोर्टतिर जाँदै थियौं, संधै जस्तो न कुनै उत्साह थियो न कुनै उमंग , सामानको खरिदारी नि केही गरिएन नत्र नेपाल जानु हप्ता दसदिन अघि देखि नै, कस्लाइ के लगीदिने त्यस्को लिस्ट बन्न सुरु, लान छुटेको भुलेको ड्युटी फ्रीबाट किनेर लगीन्थ्यो, बेलाबेलामा टोलाउंथे भने ,बेलाबेलामा आउनेजाने मान्छेहरुलाई नियाली रहेकी हुन्थें ,कोही हांसीरहेका ,कोही जिस्कीरहेका, कोही भने फोनमा लठ्ठीएर बोल्दै थिए । त्यतीकैमा अनाउन्समेन्ट हुन्छ , विमान भित्र पस्नुपर्ने कुराको जानकारी गराइन्छ ।

हामी सबै बिमान भित्रै हुन्छौ , कोही किताब पढिरहेका, कोही कानमा लगाएर केही सुन्दै गरेका, सबै जना आ आफ्नै तरिकाले यात्रालाई सहज बनाउने कोसीसमा लागेका हुन्छौं । कान डम्म थुनीएर सानो नानीहरु रुंदै हुन्छ्न, हाम्रो नानी पनि बेलाबेलामा हात कानमा नै पुर्याइ रहेकी हुन्छे |

केही घन्टाको उडान पछि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हुन्छौं हामी, स्वदेसी र बिदेसीको छुट्टै लाइन , नानीको बाबा आमा स्वदेसी, नानी चाहिँ बिदेसीको लाइनमा उभिनु पर्ने , काखे नानी एक्लै लाइन लाग्ने कुरा भएन त्यसैले छोरीको पासपोर्ट लिएर बिदेसी नागरिकको लाइनमा मिसीन पुगें , बिचरा मेरि छोरी जन्मेको दुई हप्ता नै नपुगी बिदेसी नागरिक भइन, नानीको बाबाको जिदको अगाडी मेरो केही लागेन , नानी त उस्को पनि हो जे सुकै गरोस जस्तो लाग्यो र चुप लागि बसें ।मकै रोपे मकै नै फल्छ, फर्सी रोपे फर्सी नै फल्छ, जे को बिज हो त्यहि नै फल्छ, बीउ नै छरिएन भने त्यो माटोले के पो फलाउने ?त्यसैले दुखाइको हिसाबले मात्रै आमाको भुमीका प्रमुख रहन्छ, हुर्काउने बढाउने पढाउने, सबैमा बाबाको भुमीका पनि उत्तीकै रहन्छ तर आमाको मात्रै गुनगान गाको देख्दा सुन्दा चाहिँ अचम्मै लाग्छ ।

बिदेसी पासपोर्ट बनाउने पक्षमा कहिले नि थिइन म, चिनेजानेको साथीभाइहरुले कर लाउंदा नि रातो पासपोर्ट बनाउने इच्छा कहिले जागेन,रातो पासपोर्ट बनाएर बिदेसी नागरिक हुनु भनेको आफ्नो मुलुकको लागी आत्मघाती कदम हो जस्तो लाग्छ तर नानीका बाबा भने
बृटिस नागरिक हुनलाई निकै उत्साहित देखिन्थे तर मैले नलिएपछि उल्ले नि लिएन । त्यतीखेर बृटिस पासपोर्ट लिन सजिलै हुन्थ्यो , फर्म भरेर शुल्क बुझाए पछि अरु कामकुरोहरु त आंखामा छारो हाले बराबर । अचेल भने रातो पासपोर्ट लिनलाई निकै गार्हो बनाएको छ रे |तीन महिनाको भिषा लाग्यो नानीको, कागजी कामकारबाही पुरा भएपछि सामान बुझ्यौं ,बाहिर निक्लीयौं कोही लिन आएका थिएनन, कोरामा बसेका थिए सबै !

घर पुग्दा बाबाको कोठामा भाइलाई देखें , बाबाको फोटोमा खाता ओढाइएको , वरिपरि पुजा सामाग्री अनि बत्ती बालीएको थियो , बाबाको सामान केहि थिएन बेड बाहेक अरु सबै सामान बांडीदिएछ्न, मेरो छोरा मेरो छोरीले ल्याइदिएको भनेर कती जतन गरि राख्नु हुन्थ्यो , राख्नलाई होइन लुगा त लाउनलाई नै पो किनीन्छ, खै त्यस्तो किन गर्या होला, कती चोटि भनेपनी “के हो बाबा पनि ,छोराछोरीले केही नकिनीदिए जस्तो एउटै लुगा लाएर हिंड्नु हुन्छ, घरमा बस्दा झुत्रो झाम्रो लाउनु हुन्छ , खुरुक्क अर्को नयाँ लाउनु, ” “यती दामी लुगा लाइयो भने त छिट्टै फाट्छ,” बाबा के भनेको त्यस्तो, लाएर फटाको त राम्रो, छिट्टो छिट्टो फटाउनुन बरु भन्थें” |तर जती भनेनी केही नलाग्ने, ट्यान्कामा सर्लक्क पट्याएर अत्तर छरेर सांच्ने गर्नु हुन्थ्यो, बाबालाइ सारै सेन्ट मनपर्ने टोइलेट जांदा नि सेन्ट छर्नु पर्ने अचम्मै लाग्थ्यो ।बाबा सरसफाइमा एकदमै ध्यान पुर्याउने मान्छे , बिहान तीन बजे उठेर नित्य कर्ममा लाग्नु हुन्थ्यो , छ सात बजेपछि मात्रै सरसफाइ सक्नु हुन्थ्यो ।सानो चोट नै किन नहोस लापरबाही नगर्ने , दुध दहि महि भनेपछि हुरुक्कै ,त्यस्तै कसरत छुटाउनु हुन्नथ्यो , मासु कम खानुहुने, कालो दाल सारै मनपराउनु हुन्थ्यो , आलु भेन्टा मननपर्ने बाबालाइ आक्कल झुक्कल बाबाको भागमा आलु भेन्टा पर्न गए आमालाइ झम्टिनु हुन्थ्यो , बुहारीको पालामा त्यस्तो मनमानी कसरी पो चल्थ्यो र , आलुजती छुट्टाएर भुंइमा थुपारेर चुपचाप खानुहुन्थ्यो , बाबालाइ हेरेर आश्चर्य चकित पर्थें , बेस्सरी पानी पिउनु ,पर्ने पत्रपत्रीकामा विशेष रुचि , कान्तिपुर गोरखापत्र अन्नपूर्ण पोस्ट आदि इत्यादी दिनमा सात आठ थरी पत्रीका पढ्नु हुन्थ्यो । “जुनै पत्रीकामा नि एउटै खोज खबर हुन्छ, किन ब्यर्थै खर्च गर्नु परेको होला हाम्रो बाबालाइ चाहिं” , ठूलो भाइको यस्तो कुरा सुनेर म सोंचमग्न हुन्थे , छोराहरु भनेपछि भुतुक्कै बाबा ,छोरा भनेका बंश धान्ने ,आफू मरेपछि बैतर्णी तार्ने यस्तै यस्तै भनाइबाट ग्रस्त बाबा पनि !

भाइहरुको बालापन अझैपनि मानसपटलमा चलचित्र झैं प्रस्ट छ, भाइहरुले जे भन्यो ,त्यहि पूरा गर्ने बाबा, एकदमै फुटबल खेल्न पर्ने दुई भाइ, एक हप्ता भन्दा बढि आयु हुन्नथ्यो , जुनै बलको पनि, किला रोपेर फुटाइन्थ्यो ,त्यस्पछि इहलिला समाप्त , फेरि अर्को नयां आइ हाल्ने, त्यतीखेरका महङ्गा बलहरु मिकासा ,एडिडास कती फुटाए फुटाए , भाइहरुकै लागि भनेर कोचलाइ महिनावारी तलबमा राखीएको थियो । कोच राम्रै हुनुपर्छ किनकी बाबा नि एक जमानामा राम्रै खेलाडीको रुपमा कहलीएका हुन ।फुटबल बाहेक अरु पनि थुप्रै खेल खेल्न जान्नु हुन्थ्यो , भलीबल , फुटबल लगायत जुडो कंरातेमा समेत कप सिल्ड हात पारेका हाम्रा बाबा जे कुरामा नि सिपालु हुनुहुन्थ्यो ।

ठूलो सानो छंदा एकदमै सोझो जल्ले जे भनेनी पत्याउने तर कान्छा चाहिँ छट्टु स्याल,ठुलो भाइ एकदमै मेहनती भने कान्छा भाइ चाहिँ महाको अल्छी, कान्छा गोरो अग्लो हिस्सी परेको, ठूलो भाइ र म चाहिँ अलिक रातो बर्णको होंचो, आमा त गोरी न गोरी हुन बाबा चाहिं अलिक काले ,दाजु भाइ असाध्यै मिल्ने, अरु साथी नै नचाहीने, ठूलो भाइ खानामा एकदमै शौखीन,ट्राउजरको दुइटै गोजीमा चाउचाउ बिस्कुट तितौरा टन्नै हुने, तर “लेन खाउ” भन्दा प्याट्टै नदिने सार्है लोभी, लाउनुमा भने त्यती शौखीन होइन, धेरै नकिन्ने तर किनेपछि ,उल्ले मनपरेको नै किन्न पर्ने, एकदिन त एउटा सर्ट किन्न आमा संग गाको रैछ ,दिनभरि घुम्दा नि उल्ले भनेको जस्तो सर्ट भेटेन रैछ|फेरि भोलिपल्ट त्यहि सर्ट किन्न आमा छोरा घरबाट निक्लिए | त्यो दिन चाहिँ बल्ल बल्ल उल्ले भनेको जस्तो सर्ट भेटेर लेराएछ , आमा छ्क्क ! “त्यस्को साटो तीन चार वटा अर्को किन भन्दा नि नहुने त्यहि किन्न पर्ने नभेटेको भए कती दिन पसल चाहार्ने काम हुन्थ्यो होला है” आमा भन्दै हुनुहुन्थ्यो ,सर्ट किन्न गाको छ भने सर्ट मात्रै पेन्ट किन्न गाको छ पेन्ट मात्रै अर्को केहि नथप्ने,प्राय ठूलो किलमेल भनेको दशैं तिहारमा नै हुने गर्थ्यो, दशैंमा लुगा किन्नलाइ ,तीनै जना छोराछोरीलाइ लानु हुन्थ्यो आमाले, जहिले जहिले कान्छा भाइलाइ सपिङ्ग गर्न लगिन्थ्यो, हामीले केही किन्नै नपाउने भाको जती सबै पैसा कान्छाकै सपिङ्गमा सकिन्थ्यो अनि हामी त हेरेको हेरेइ, कान्छा भाइ हिरो जे लाएनी सुहाउने, आ होस है कान्छाले नै लाओस जस्तो लाग्थ्यो हामीलाइ पनि तर आमाको मन कहां मान्थ्यो र त्यसैले अर्को दिन पैसा लिएर जानू हुन्थ्यो अनि “के के किन्ने हो किन भन्नुहुन्थ्यो” !

शोकमा डुबेको सबै ,अनुहार कसैको उज्यालो थिएन | बाबाले मर्नु अघि नै ,आफु मरेपछि बौद्ध धर्म अनुसार नै संस्कार्नु भनेका रैछ्न, बिहान र बेलुका लामा आएर पुजा गरेर जाने गरेको रहेछ ,हिन्दु जस्तै ,चांड पर्बमा खसीबोकाको मार हान्ने बाबामा एक्कासि त्यत्रो परिवर्तन, सोंच्दा नि अचम्म लाग्छ । हुन त धेरै पहिलेको कुरा हो हिन्दु धर्म बौद्द धर्म दुबै मान्थे बाबा, लामा पढाउने , पंडीत ल्याएर पुजा आजा गराउने गर्थे , तर त्यसो गर्दा फापेन , त्यसो त हामीहरु नि बाहुन क्षेत्री को हुल मै हुर्कियौं बढ्यौं , त्यसैले होला धर्म संस्कार मान्छेको आचरण सबै उस्तै लाग्छ , के मतवालि के बाहुन क्षेत्री राम्रो सबैमा राम्रै हुन्छ्न नराम्रोमा सबै नराम्रो जातपातले केही लछारपछार लाउंदैन| यो जात त्यो जात भनेर उच्च निच्चमा बिश्वास राख्ने मान्छेहरु बुद्धिमान भएर पनि मूर्ख हुन,चांडबांडमा भने दशैं तिहार नै मनपर्छ | अझ दशै भन्दा नि तिहार अनि होली, पछि पछि गुरुङ्गले दशैं मान्न छोड्दै गए |हाम्रा काका पर्नेहरुले दशै तिहार नमानेर ल्होसार मान्न पर्छ भनेर खुबै दवाब दिएका रैछ्न बाबालाइ । “छोराछोरीलाई दशै तिहार नै मनपर्छ ,अब चांडबांड भनेको केटाकेटीकै लागि हो त्यसैले नानीहरुलाई खिन्न पार्न सकिन्न “भन्नु भो अरे बाबाले !

जब लामा बिहान बेलुका आएर ढ्याङ्ग्रो ठोक्ने गर्थ्यो मन थाम्नै गार्हो हुने , क्वां क्वां रुन्थे , नरुनु रोए मृतकको आत्माले स्वर्ग जाने बाटो देख्दैन ,भन्दै लामाले संझाइ बुझाइ गर्थे | बत्ती निभ्न हुन्न भनेर अर्हाएको रहेछ | दियोको बत्ती निभ्ला कि भनेर चेक गरिरहन्थे । बुहारी बाबाको स्याहार गर्न उतीक्कै खटनु परेको कुरा आमाले फोनमा भनीरहनु हुन्थ्यो , त्यस्तै कुराहरु संझेर मात्रै मन बुझ्छ नत्र बुझाउन गाह्रो हुंदो रहेछ ,मैले कती गरें नगरें सोचें सोंचीन त्यो उनलाइ नै थाहा होला | मैले जती गरे, त्यती नै गर्न पर्छ भन्ने भावना नि होइन तर मलाइ बहिनी जस्तै माया गर्ने मेरो आमाजुलाइ के कस्तो छ भनेर सोध खोज कल केही नगर्ने ,अब त्यस्लाइ के संझीउ मैले, बढि बोले पाप लाग्ला बाबा बितीसकेपछि एकचोटि गरिन अनि जती नि गरिन त्यो कसैले अर्हाएर मात्रै गरिन होलीन, किनकी कती त आमालाइ कल गर्न लाउनु त भन्थे त्यतीखेर संपर्क गराइदिने काम चाहिँ गरिन तर सोंच्छु उस्को श्रीमान नै त्यस्तै छ अनि जस्तो श्रीमान त्यस्तै श्रीमती नभइ कसरी मिलेर खानु |

हामी तीन जना मध्य कसैले नि धेरै नपढेको हुंदा बुहारी तिमीले चाहिँ पढ्नु है, पढाइ जस्तो ठुलो कुरो केही होइन, पढ्न नसके मान्छे ढिलो चांडो पछुताउंछ नै, हामीले जे जस्तो कारणले पढन नपाएनी तिमीले चाहिँ पढ्नु भनेर संझाउथे, पढाइ खर्च म ब्यहोर्छु यसै भनेकी हुं मैले |

बुहारीको जांचको दिनमा ,बिहानै उठेर “बुहारी अनि जाँच दिन नजाने तयार पनि पो भाको रैनछ त “? छोरी सन्चो भएन जान्न दिदी पो भन्न थाली, “होइन जानै पर्छ भनेर कर लाए “, “तयारी नै गर्न पाइन भनीन |अब त्यो भन्दा बढि मैले के भन्ने अरु, हुनत घर ब्यबहार धान्न पर्ने एकातिर बिहे गरेपछि गार्है हुन्छ एउटा आइमाइ मान्छेलाइ तर नि मैले सकिन्जेल मै सघाइ दिन्थे, कती कुरामा उसैको श्रीमानलाइ गर भन्थें , जता नि श्रीमती यस्तो पाराले त हुन्न भाइ भन्थें |उनी सारै पौरखी , कहिले खाली नबस्ने , मलाई घरभित्रको काम भन्दा बाहिरको काममा रुचि छ दिदी भन्ने गर्थिन । बुडोले बिदेसबाट कमाएर पठाको पैसा तह लगाकी छे , अरुको बुडिहरु जस्तो खांदै बस्ने फिजुल खर्च गर्ने भए कती नै पो पुग्दो होला र ?हुन त भाइले बुझेकै होला र मेरो बुडिको कारण प्रगती गर्न पाए भन्छ ।उ जस्तो श्रीमती पायो , भाग्य त दरै रैछ केटोको पनि, नत्र त्यस्को खुबी के मा छ र मन लागेको बेला हाहाहा हांस्यो मन नलाग्दा गमक्क फुल्यो |

बाबाको कोठाको भित्ताहरु हेरें, बाबाको चित्कार दबिएका ती भित्ताहरु संग अनायासै प्रस्न गरिरहें , ती भित्ताहरुलाई मसारे , बाबाको अंतीम दिनहरु कती कठिन बने होलान, छोराछोरीलाइ संझेर कती रोए होलान ,यी नै भित्ताहरु हुन जस्ले पलपलको खबर राखेको छ ।मेडिकल टर्ममा “नन हजकिङ्ग लिम्फोमा” भन्दा रैछ्न , जस्मा बडि सेल्सहरुको अनावश्यक रुपमा बृद्दी हुंदो रैछ |फोर्थ स्टेजमा पुगीसकेको बाबाको उपचार संभव छ भन्ने डाक्टरहरु कस्ता हुन कुन्नी ?पहिला हुन्छ भने तर पछि पछि उमेर कटेकोले दबाइले असर गरेन ,ट्रान्सप्लान्ट नि यो उमेरमा संभब हुन्न , क्यान्सरले मुटु किडनी सबै भेटिसक्यो ,अब महँगो किमोले पांच छ महिना थाम्न सक्छ भनेपछि तै पनि भाइले गर्ने नै निर्णय लिएछ , एकातिर बाबालाइ सकस शास्ती , अर्कोतिर उपचारको सुरुवातमा नै लाखौं सकि सकेको थियो , सबै भाइले नै बेहोर्दै आइरहेको थियो तर त्यस्मा बुहारीको अनुमती नभाको भए भाइले गर्न सक्थेन होला पक्कै पनि , बुहारीले नि गर्नै पर्छ भनेको हुनुपर्छ ।

दशैं तिहार मनाउन जांदा त बाबाको एक पट्टिको गाला त सुन्नीएर हावा भरिएको बेलुन जस्तो पो भइराको रैछ , अस्पताल नलगेको भन्दै केरकार गरें , “सेकाउंदै छु तातो पानीले” भन्नु हुँदै थियो ,”बाबा पनि, कहां हुन्छ त्यसरी खुरुक्क अस्पताल हिंड्नु”, “जानुपर्दैन निको हुन्छ , मेरो छोराछोरी त्यत्रो टाढादेखि दशैं तिहार मान्न आको , दशैं तिहार रमाइलो संग मनाउनेतिर नलागेर मलाई खै के भाछ र यो गाला सुन्नेको त हो, धेरै दुख्दैन पनि” , “बाबा अस्पताल नजाने हो भने हामी त फर्किन्छौं “,बल्ल मैले यती भनेपछि मात्रै अस्पताल जान मान्नु भो , “दिदी आराम गर्नु म नै लैजान्छु भान्जी सानै छ भान्जीलाइ हेर्नू बरु ” भन्दै बाबालाइ अस्पताल लग्यो भाइले !

अनुहार अंधेरो न अंधेरो के भो भन्दा नि सुरुमा केही भनेन , निकै कर लायौं र मात्रै बाबालाइ क्यान्सर रैछ दिदी भन्यो भाइले , छानाबाट खसे झैँ भो , “होइन के भन्छ यस्ले ” आमाले आत्तिंदै भनिन , क्यान्सर भन्ने बित्तीकै निको हुने क्यान्सर नि निको हुंदैन, हामी प्राय त्यसरी नै सोंच्ने गर्छौं।त्यस्पछी त केको दशैं केको तिहार ,अस्पतालको चक्कर लाउंदै ठिक्क , त्यतीबेला पनि हामी भन्दा बढि भाइ बुहारी नै खटेका हुन | मलाई खाली आराम गर्नु मात्रै भन्थे भाइ बुहारी दुइटैले, त्यसो भन्नु म प्रतीको उनीहरुको माया भन्ने बुझ्दथें ।क्यान्सर लागेको कुरा बाबालाइ थाहा दिइएको थिएन , बाबाको उपचार सुरु गरियो, हाम्रो भने यता फर्किने दिन आज भन्दा भोलि भन्दा झन नजिकींदै थियो |बाबालाइ केमो दिने दिन मै फ्लाइट पर्यो , “ज्वांइ फ्लाइट क्यान्सल गर्न मिल्दैन ,मिल्छ भने क्यान्सल गर्नु होस, चांड पर्ब नै खल्लो भो तीन चार दिनमा डिस्चार्ज हुन्छु अनि सबै जम्मा भएर रमाइलो गर्नु पर्छ , केही दिन पछि मात्रै पाल्नु होला ज्वांइ “, ससुराको कुरा काट्न सकेन र “हुन्छ बाबा म सकेसम्म टिकेट पर सार्छु भन्नु भो”, मैले बस्ने इच्छा जायर गर्दा त ” तिमी हामी बसेर बाबा ठिक हुने होइन, यहि छुट्टि मिलाउन त कती गार्हो भो तिमीलाइ थाहा छ त सबै फेरिपनि ” , नानीको बाबाको यस्तो कुरा सुनेर ,मेरो भन्ने बाटो नै हराएको थियो |

यस्तो यस्तो कारणले आउन सकिएन भनेर ,मेल द्वारा कंपनीलाइ अवगत गराइयो | सरकारी काम जती सबै सबै मेरै थाप्लोमा , माइतमा पनि त्यस्तै ,हङकङ बैंकक देस बिदेस जहिं जांदा नि मेरो काम भनेको अंग्रेजी बोल्नु हुन्थ्यो , सक्दिन भन्नै नहुने मार कराउनु हुन्थ्यो बाबाले,” यती धेरै पैसा खर्च गरेर बोर्डिङ स्कुलमा किन पढाउनु जब यती जाबो अंग्रेजी पनि पडकाउन जान्दैनस भने “, जाबो तीन चार पढ्ने फुच्चीलाइ, कती पो बोल्न आउंथ्यो होला र तर पासपोर्ट दिएर बोल भन्दै अघि सारेपछि नबोलेर भो , “नेक्स्ट प्लिज “भन्दा त अघि नै पुगीसकेको हुन्थे तर म फुच्चीलाइ झ्वाट्टै देख्दैन थिए, फेरि अर्को चोटि नि नेक्स्ट प्लिज भनेपछि मात्रै अलि चर्को स्वरमा म यहिं छु भन्थें ,निहुरीएर हेरे पछि मात्रै बल्ल देख्थे मलाइ , मेरो फोटो आमाको पासपोर्टमा टालीएको हुन्थ्यो र त्यस्ले नै मेरो पासपोर्टको काम गर्थ्यो , किनकी उमेर नपुगी नागरिकता नबन्ने , बिना नागरिकता पासपोर्ट नहुने!

बाबाको अगाडि नेपाली बोल्यो कि गाली खाइ हाल्ने , बाबाको मुड बिग्रेको छ भने त दनक पनि संग संगै हो , बाबा हुंदा जहिले नि अंग्रेजी फररै दिनु पर्ने , कती त हामी उल्टो उल्टो बोल्थ्यौं , “देखिस छोराछोरीको प्रगती ,कस्तो मकै भुटे जस्तो परर बोल्दैछ्न”, बाबा पट्टि फर्किंदै “हो नि हजुर” भन्नु हुन्थ्यो आमा, जब आमा बाबा हुन्नथे , आमा बाबालाइ उल्लु बनायौं, भन्दै मरि मरि हांस्थ्यौं ।आमा पनि नपढेको भन्नु मात्रै आकासतीर फर्केर एकैछिनमा जोड घटाउ भागा गुणान सबै गर्न सक्ने, हामी भन्दा कता हो कता छिटो !

नानीको बाबाले पनि जता नि मलाइ सार्छ्न , “होइन जान्दै नजान्ने होइन त तंपाई पनि , जानेको त गर्नु नि” भन्ने गर्छु म , तिमीले जती पारा ल्याउंदिन ,त्यसैले त भन्दैछु त , हुन त त्यसरी अघि नसार्ने हो भने धेरै कुरा जान्ने बुझ्ने मौका मिल्थेन होला पक्कै पनि, कामले काम नै सिकाउंदो रैछ !!!!

फ्लाइट क्यान्सल गरेर बसाइ बढेकोमा केही हदसम्म शितल भयो , बाबालाइ घरमा ल्याइयो, बाहीर निक्लंदा मास्क लाउनु पर्छ भन्ने डाक्टरको सुझावलाई हामी दोहोर्याइ रहन्थ्यौं , दारी खौरिन नहुने रैछ , डाक्टरले जे जे भन्छ त्यही भन्न खोज्यौं तर बाबाले केहि नमान्ने , सुर्ती खाने मान्छे सुर्ती छोड्न लायौं त्यो पनि लुकेर खानु हुंदो रैछ , भनेको नलागेपछि के गर्नु ।त्यहि अंतीम भेट भो बाबा संग ।

नेपाल पुगेकै दुई तीन दिन भाको थियो ,बाबाको डायरी खोजें तर पाउंदै पाइन, बाबाले लेख्न सकिन्जेल त लेख्नु नै भो भन्ने मेरो अनुमान थियो र खुब खोजें तर पाइन , कोठाको सामान सार्दा कहाँ हाले हाले या झुक्किएर फाले । सास पनि भेट्न पाइन बाबाको भन्दा “नभेटेकै राम्रो भो दिदी हेर्न सक्ने स्थितीमा थिएन, खुट्टाहरु सुकेर बांसको सिन्का जस्तो भाको थियो , हाड र छाला मात्रै बांकी बाबालाइ तिमीले हेरेको भए तिमी त ढल्थ्यौ दिदी , मलाई त संहाल्न गार्हो भयो” , भाइको यस्तो कुरा सुनेपछि पनि मन पुरै कहां बुझ्थ्यो र , बिदेसमा भाको छोराछोरी कतीले मैले जस्तै बाबा आमाको सास भेटेनन होला | छोराछोरी सबै भेला भाको खबर सुन्ने बितीक्कै आँखाको ढकनी उघारेर बुरुरु आँसु खसाल्नु भो रे , त्यतीकैमा सास गयो भन्दा हाम्रै बाटो पो हेर्नु भाको रैछ लाग्यो ।छोराछोरी सबै जम्मा नभएसम्म मेरो शब सांचीयोस भन्ने बाबाको त्यो अंतीम इच्छालाई पालन गर्न सकिएन, नियतीले दिएको त्यो चोट अब आफ्नो जिवनकाल भरि पनि आलै रहने छ । बाबाको भौतिक शरीर हामी माझ नभएनी हामी मै बाबा बांचीरहनु भएको छ । सुरुको चार पांच वटा केमो दिएपछी बाबा निकै तंगरीनु भएको रैछ, चेक गराउंदा नि क्यान्सर निको भाको तथ्य खुलेपछि बाबा निकै हर्षित हुनु भाको रैछ , मृत्युुलाई पराजित गर्नु भनेको सानो कुरा हुँदै होइन, सानो सानो खसी ल्याएर खसीको सुकुटी बनाउंछु अनि सबै छोराछोरीलाई पोस्ट गर्छु भनेर निकै च्याङ्गफ्याङ्ग देखाउनु भाको थियो अरे , लापरबाही गरेर हो कि कुन्नी फेरि फर्किएछ , हुन त यो क्यान्सर भन्ने रोगले झुक्काउंदो रैछ कि के हो , बाबाको जस्तो केस अरुको पनि देखें ,दोस्रो पालीको क्यान्सरले भने बाबालाइ निकै शिथील बनाएको रैछ , शरिर भरि डल्लै डल्ला, टट्टि निक्लेन भन्दै चिन्तीत बाबाको पेटको आंन्द्रा भित्र पनि डल्लै डल्ला आको रहेछ , पेट दुखेर मिची माग्दा आमाले थाहा पाउनु भएछ ।

मासु खान नहुने मासु खाने जिद गरेपछि पकाएर दिएछ्न , त्यसपछि त झनै च्यापेछ बाबालाइ , त्यहि माथी मेरो बुहारी हिंड्ने बाटो भनेर खाल्डाखुल्डी पुर्ने हुंदा झन लडि झरेछ्न , त्यस्पछि थला परेको परेइ तर पनि बुहारीले भने अनुसार बाबा बित्नु हप्ता दिन अगाडि सम्म पनि टोइलेट आउने जाने गर्नु हुन्थ्यो अरे , त्यती गु मुत स्याहार्नु परेन भन्दै थिइन बुहारी। बाबा कबिता राम्रो लेख्नु हुन्थ्यो प्रकासनमा नल्याइएपनि हामीलाई थाहा भाको कुरा हो, बाजे बज्यै पनि उ बेला मशहुर दोहोरी गायक गायिका रैछन , दोहोरी खेल्दाखेल्दै बज्यै हार्नु भएछ र शर्त बमोजिम बाजेले बज्यैलाइ बिहे गर्नु भाको रैछ ।त्यही भएर हुन सक्छ मलाई लेखनमा जांगर चलेको , फुपुको छोरी पनि नाच्ने गाउने गर्छिन ।सारै जांगरिला बाबा एकैछिन पनि बस्नु हुन्नथ्यो , जतीखेर नि काम गरेको गरेकै , अल्छी मान्छे प्याट्टै मन नपराउने , कहिलेकाहीं खाना पनि पकाउनु हुन्थ्यो , हामीलाइ बाबाले पकाको सारै मनपर्थ्यो !!!

बाबा एअरपोर्टमा काम गर्नु हुन्थ्यो, हामीलाइ जहाजमा उब्रेको खाना बेलाबेलामा ल्याइ दिनु हुन्थ्यो ,कस्तो मज्जाले प्याक गरेको , त्यस्तो खाना खानलाई जहाज नै चढ्न नपर्ने हामी रमाइ रमाइ खाको देख्दा बाबालाइ एकदमै खुसी मिल्दो रैछ ।बाहिर केही नखाने बाबा ,खान पर्यो भने पनि हामीलाइ पनि ल्याइदिनु हुन्थ्यो । छ महिना एअरपोर्ट छ महिना न्युरोडको हेड अफिसमा काम गर्नु हुन्थ्यो । बाबा आर एन ए सी को जागिरे , शाही नेपाल वायु सेवामा सेवारत हुनुहुन्थ्यो , कुनी कती सालमा हो पेट्रोल पंपमा आगो लाग्दा आगो लाउनेलाई समातेर बुझाउनुको साथै आगो निभाएर थप नोक्सानी हुनबाट बचाउने बहादुरको रुपमा, कहलिएका हाम्रा बाबाको बहादुरीताको कारण नै हामीलाइ आफ्नो योग्यता अनुसार जागीर दिने कुरा भएको रैछ त्यसैले छोराछोरीलाई बिदेस जान पर्दैन भन्ने गर्नुहुन्थ्यो तर नियतीले हाम्रो लागि भने अर्कै सांचेको रैछ ।

भिमसेनको पुजा गर्नु हुन्थ्यो बाबा, सारै बलियो ढुंगामा पछार्दा नि केही नहोला जस्तो मान्छे, क्यान्सर नै लागेर मात्र नत्र सय बर्ष बढि बांच्ने थिए, बाबाको भन्दा कती कान्छो मान्छेहरु नि बाबाको अगाडि बुढो देखीने , दांत झरेको गाला चाउरी परि गाको देखिने । एकचोटिको कुरा हो ,काम गर्ने केटिलाई जिस्काउंदै गरेको भेट्नुभएछ , आफ्नो कामदारलाई आफ्नै परिवार ठान्ने बाबा परे फेरि , दुई जना रहेछ्न दुई जनालाइ नै कंठालोमा समातेर लडाइएछ , ती दुई जनाले खानु सम्म पिटाइ खाएपछि तंलाई पखलास भन्दै गए , सात जना भएर फर्किए , ठूलो चौर थियो हामी सबै हेर्दैं थियौं , बाबालाइ मुक्का लाग्दा हाम्रो अँध्यारो मुख हुन्थ्यो , अरुले मुक्का खांदा भने ताली बजाउंथ्यौं |केटाकेटिको जात न पर्यौं । फाइट परेको केही समयपछि सबैलाई ढालीदिए चल्नै नसक्ने भएपछि मात्रै छोडिदिनु भो ।ती सात जना मध्य एक जनाको बाबा आमाले लास बेपत्ता पारिदिन्छु भन्दै धम्की दिंदै थियो धन्न बाबा नभाको बेला परेछ नत्र के हुन्थ्यो कुन्नी,आमाले त्यो कुरा बाबालाइ सुनाएनन र हामीलाइ नि केही नभन्नु है भनी अर्हाउनु भो।पुलिस रिपोर्ट परेर पुलिस आए, त्यो केटाहरुलाई कती चोटि चेतावनी दिंए , पहिले नि जिस्काउंदै गर्दा ,त्यसो नगर भाइहरु भनें तर मान्दै नमान्ने । यस्पाली भने रिस कंट्रोल भएन र पिटे , पिटेकै हो पिट्नु त भनेपछि “अब आइन्दा त्यसरी कानुन हातमा नलीदिनु होला “भने । प्रहरीहरुले बाबालाई राम्रै संग चिन्थे ।”नानीहरु सानै छ्न तंपाइलाइ कसैले केही गरे बर्बादै हुन्छ रिस कंट्रोल गर्नु” भन्नुहुन्थ्यो आमा ,त्यस्तो बलियो मान्छेलाई पनि रोगले ढाली छोड्यो ।

दाउरामा पकाको खाना सारै नै मिठो,कौसीमा माटो र इंट्टाको चुलो बनाइएको थियो , बेलाबेलामा बाहिर नै पकाइ तुल्याइ गरिन्थ्यो ,बाबाले रांगाको खुट्टा गाल्दै गर्नु भाको भिडीयो पनि छ,बाबा त रहेनन् त्यो चुलो के रहन्थ्यो , कौसीमा लौका फर्सी घिरौंला खाल खालका सागसब्जी फलाईन्थ्यो ,बडाल कुडाल गरेर चटक्क पार्नु हुन्थ्यो, बाबा बितेर जानु भो तर बाबाले जस्तै फलाउनु ,सरसफाई राख्नु ,मरेर गएको मान्छेलाई सम्झेर रोइ कराई गरेर मात्रै माया देखिन्न , मरेर गाको मान्छेलाइ संझिनु छ भने बरु उसले जे जे गरेको छ त्यो मध्यको राम्रो राम्रो कामको अनुसरण गर्न सक्नु पर्छ अनि मात्रै आत्मीयता झल्किन्छ भनें !!!!

नातिनीलाई हेर्ने इच्छा , नातिनीलाइ बोक्ने धोको पूरा भो बाजेको , ललीपप चुसेर छाती नै भिजाइ दिन्थी बाजेको , नातानातिना भनेपछि हुरुक्कै , जम्मा एकै चोटि मात्रै हेर्न पाउनु भो ,नातिनी त सानै बर्ष दिन नि पुग्या थिएन के याद हुंदो होला र नातिनीलाइ बाजेको बारेमा !दिदी भाइको नै छोरी छोरी , ठूलो भाइको छोरीले भने बाजेको माया प्रसस्तै पाई, नातिनीलाई भनेर चक्लेट बिस्कुट देखि लिएर दिनदिनै फलफुल किनेर ल्याउने ,जग बलियो भए पो घर बलियो हुन्छ भन्दै डायट पेलाउनु हुन्थ्यो । नातीनी पनि बाजे भनेपछि हुरुक्कै ।

गर्दा गर्दै ठुलै गरिएछ आर्गुङ्ग , पैसा मात्रै निकाल्न सके केही गर्न नपर्ने क्याटरिङ्गको प्रमुख बिशेषता नै यहि हो कि , तीन दिनको बुकिङ्गमा जो जो आउंछ्न , टन्नै खुलाइ दिनु भनी अर्हायौं ,जती खुलाउन पिलाउन दान दिन सकियो त्यती नै मृतकको आत्मालाइ राम्रो हुन्छ भनेपछि,परिवारले कसरी पो नाइ भन्ने,
गुम्बा बाहिर चौरमा पाल टांकेर त्यहिं नै पकाइ तुल्याइ गरे, बेलाबेलामा गुम्बा भित्र पसेर बाबाको पुजा गरिन्थ्यो | अरु बेला गुम्बा भित्रकै शयन कक्षमा आराम गर्थ्यौं ,इष्ट मित्र छर छिमेकी आउने जाने गरिरहेका हुन्थे ।

आमा सारै डरछेरुवा बाबाको लुगाहरु सबै हतार हतार बांडन लाउनु भएछ।बाबाको ट्यान्कामा त्यस्तै पैंतीस चालीस हजार पैसा थियो अरे , त्यस्तो फुर्मासे बाबा संग त्यती पनी भकै हो ,बाबालाइ झुठ मुठको कुरा गरेर दुनो सोझाउने धेरै नै थिए । कुनै चिज किन्न पर्यो भने अर्कैलाइ अर्हाउने जाबो त्यो किन्नलाई आफैं जांदा नि त हुन्छनी ,आखिर भ्याइ नभ्याइ के नै पो हुन्थ्यो र किनभने त्यो सामान घरमा आउंदा बजार मुल्य भन्दा धेरै नै पर्न जान्थ्यो।बाबालाइ मनपर्ने मान्छेको लागि खाजा पसलमा खाता नै खोलीएको हुन्थ्यो रे बुहारी त्यस्तै भन्थीन, महिनामा कती हजार त त्यस्मा नै सकिजाने , तीस चालीस हजार घर र कारखानाको बालले नि नभ्याउने बाबा एक्लैको खर्च , “बाबा बरु खुवाउनु नै मन भए गरिब अशक्त अनाथहरुलाई खुवाउनु त्यो उत्तम हुन्छ, तंपाइको खाइन्जेल तंपाइको अगाडि मात्रै तंपाइलाइ राम्रो भन्छ, त्यस्तो मान्छेहरुलाई बेकारमा किन खुवाउनु हुन्छ” भन्दा उल्टै हामी माथी पो खनीनु हुन्थ्यो ।तिमीहरू संग पैसा माग्छ भनेर त्यस्तो कुरा गर्या होला भन्नु हुन्थ्यो , कती गलत तरिकाले बुझ्नु भएछ जस्तो लागेर मन दुख्थ्यो ।

“लौ है घरबेटि बा यो मेरो भाग है” भन्दै सबैले सिरानीमा पैसा राख्दै गए अरे , बिचरा उठ्नै नसक्ने मान्छेले ,कहाँ गएर खर्च गरिन्छ भनेर बाल उठाउन लगाको होला ,त्यत्रो दुखेर पोलेर छट्पटिदा पनि एकचोटि भगवानको नाम लिनु भएन रे , छोराछोरीमा पनि ठूलो भाइ र मलाई अनि ज्वाइं नातीनीलाई मात्रै संझनु भएछ । “कान्छा कान्छा” भन्दै कान्छा छोरालाइ संझेर आँसु झार्नु हुने बाबालाइ मैले पुग्दै संझाएको रैछु त्यसैले पनि अंतीम दिनमा कान्छालाई संझिनु भएनछ,बाबुआमा प्रतीको आफ्नो जिम्मेवारी भुली जानेलाई के छोराछोरी मान्नु ,बर्षौं हराउने बुढाबुढी बाबा आमा छ्न पनि कि छैनन पनि कि केही वास्ता नगर्ने मान्छे त छोराछोरीको जातबाट झरेर नि मान्छेको जातमा नि पर्दैन। बाबालाई क्यान्सर लागेको छ भेट्न खोजीराछ, तैंले सक्दैनस भने म नै लेराउंछु बाबालाइ भने , त्यती भन्नलाई नि त्यस्को साथीभाइ हरुको मद्द्त लिनु पर्यो ,जुन साथीभाइ एकदमै राम्रा रहेछन,असली भाइ त म तिनीहरुलाई पो संझन्छु , उनीहरुको कन्ट्याक्टमा नभाको मान्छेलाई नि खोजेर संपर्क गराइदिए, उनीहरु माथी आजिवन कृतज्ञ रहनेछु । “बाबालाइ ल्याइस भने झन म संधैलाई हराउंछु” भनेपछि अब त्यस्तो छोराको आश गर्दा झन बाबालाइ पीडा हुन्छ भन्ने सोंचेर मैले सांचो सत्य कुरा बताइदिंए बाबालाइ,

फेरि बेपत्ता भाको कान्छा भाइ बाबा बित्नु भाको केहि समय पछि पुन कन्ट्याक्टमा आएछ, बाबा बित्नु भो भन्ने खबर सुनाउंदा नि जे भो भो नसुनाउनु भन्यो अरे , त्यस्तो निष्ठुरीलाई म त प्याट्टै संझिन्न , त्यस्लाइ संझ्यो कि मेरो बूढो बाबाको ती आंशुहरु संझन्छु र छटपट र डाह हुन्छ मलाइ । बाबा छैन भनेर गुनासो गर्ने कति हुन्छ्न, कोही भने आफ्नो बाबा आमालाइ बोझ संझीन्छन या फेरि राम्रो देखभाल गर्न सकिरहेका छैनन ।अब यस्तोमा बाबाआमालाइ बेवास्ता गरिनुलाई उनीहरुको उचीत रेखदेख गर्न नसक्नुलाई ,कुनै हालतमा पनि सहि ठहराउन सकिन्न तर बिबेक गुमाउनेहरुको लागि कुन सहि कुन गलत !

बाबा सारै गफाडी हुन ,बाबाको एउटा सोल्टी जो सांसद भए, उनैले भन्दै थिए कि उसको जित बाबाकै कारणले संभव भएको अरे ,भाषण गर्न बाबालाइ नै अघि सार्थे अरे सोल्टी, अब बाबाले बोल्न पाएको के मात्रै बोलेन होलान |

तीन चार बर्ष अगाडि पनि फोक्सोको रोगले झन्डै सिद्दिएका बाबा, त्यतीबेला भने कान्छाले नि खर्च बेहोरेको कुरा सकार्न पर्छ ,खोकेको खोकेइ अस्पताल जान नमान्ने
त्यतीबेला नि अस्पताल पुर्याउने बुहारी नै हुन ।मरिन्छ होला जस्तो लागेर बुहारीलाई पसल जानू भनेका रैछ्न । बुहारीले बाबाको कुरालाई लत्याएर अस्पताल लगीछ्न । सास लिनै नसक्ने ह्वां की ह्वां। एक्स रे मा बाबाको फोक्सो नै देखीएन,डडेर नदेखिएको रहेछ , कारण रैछ सुर्ती। “खर्च बेस्सरी लाग्छ खर्च गर्न सके मात्रै बिरामी बांच्छ नत्र” , “होइन डाक्टर खर्च त गरि हाल्छ्न नि तीन वटै छोराछोरी कमाउने छ्न”, बुहारीले त्यती भने पछि मात्रै उपचार सुरु गरिएको रैछ |

पैसा नभाको मान्छेको अक्सीजन मास्क निकालेर बाबालाइ लाइदिए अरे , अक्सिजन मास्क निकालेको मान्छे चाहिँ बिचरा एकै छिनमा तनक्कै। खर्च गर्न नसक्ने मान्छेको ज्यान पनि ज्यान नै हो , तीनका पनि परिवार हुन्छ्न , जिउने चाहना हुन्छ किन राज्य यो मामलामा गंभीर हुन नसकेको होला जस्तो लाग्थ्यो त्यतीबेला ।

दिदी बाबाको अवस्था सिरियस छ , हार्टबिट झन स्लो झन स्लो हुंदैछ,डाक्टरले छोराछोरी सबैलाइ खवर गर्नु भनेको भएर खबर गरेको ,बुहारीले भनीन ,त्यो भन्दा अगाडी सम्म बाबा बिरामी छ्न भन्ने पनि थाहा नभाको अकस्मात त्यस्तो खबर पाउंदा छोराछोरीको कस्तो दुर्दशा भयो होला?

नेपाल जाने प्रयोजनमा जुट्यौं , बाबालाइ भेन्टिलेटरमा राखिएको हप्ता दिन हुन लागिसक्दा नि खासै सुधार आइरहेको थिएन, हामी भन्दा पहिले ठूलो भाइ पुगीसकेको रैछ ।अब बाबा बांच्दैन दिदी भन्दै फोनमा भाइ रोएकोले मलाई थप बिचलीत बनाउंथ्यो । भाइलाई फकाउंदा फकाउंदै भाइ संगै रोइ पठाउंथे , अब भेन्टिलेटर हटाउंदा सास फेर्यो भने फेर्यो ,नत्र मृत घोषीत गरिनेछ भन्दा भाइले निकै बेर बाबालाइ हेरिरह्यो अरे , शरीरभरि पाइप नै पाइप गाडिएको बाबाको अवस्था, तर मानो नसकिएको भएर नै होला बाबा नि सक्नु भएन, काममा छुट्टि मिलाउंदा मिलाउंदै नेपाल जान ढिला भइरहेको अवस्थामा हामी पनि कम आत्तीएका थिएनौ तर राम्रो समाचार भाइबाट सुनीयो र ढुक्क भयौं ,छुट्टि संगै टिकेट नि मिलाइ सकेको हुंदा गएकै बेस लाग्यो |

एअरपोर्टबाट सिधै अस्पताल पुग्यौं । आमा अर्कै ठाउंमा हुनुहुन्थ्यो त्यतीखेर , अस्पताल पुग्दा आफन्त इष्टमित्र भेला भएका रैछन , सरासर बाबालाई राखिएको वार्डमा पुगीयो, अक्सिजन मास्क अझै हटाइएको रैनछ टुक्रुक्क बसीराख्नु भाको बाबाले जब हामीलाइ देख्नु भो कम खुसी हुनु भएन, आखिर आफ्नो छोराछोरीलाई देख्न पाउँदा कुन बाबा आमा खुसी हुंदैनन र ।

हावा गफ गर्न कती जान्दा रैछ्न मान्छे,ठुलो भाइ बाबाको मैला लुगा लिएर घर आउंदा त घरको आगनमा मान्छेको हुल रैछ अरे ! भाइलाइ संझाउन सुरु , यस्तै हो फलाना सबै मर्छ्न नै तर नि चित्त बुझाउनु पर्दो रहेछ भन्दै थिए अरे , होइन के भन्नु हुंदैछ , बाबालाइ केही भाको छैन कल्ले त्यस्तो नचाहीने खबर फैलायो भाइले भनेछ, मृत घोषीत गर्न तम्सेकाहरु देखि मलाई त झनै रिस उठ्यो !!!!:

बिचरा हाम्रो बाबाको गर्लफ्रेन्ड नि रैछन , बाबा बित्नु भएपछि मात्रै थाहा भो । बाबाले गर्लफ्रेन्ड बनाउनुलाइ अस्वाभाविक मान्दिन , किनकी धर्म लिएर आफुलाइ छुट्टो बनाइसकेकी श्रीमतीलाई छुन नि नपाएपछि श्रीमानले गरोस पनि के र ? शरीरको आवश्यकता शरीरले नै पूरा गर्छ आखीर त्यस्मा नौलो कुरा के छ ? कसैले छोएको नखाने मासुमांस लसुन प्याज केहि खान नहुने,एक किसीमले सन्यासी जिवन नै धारण गरेको जस्तै लाग्यो ,त्यस्तो धर्म लिनु भन्दा, गेरु बस्त्र लाएर “नारायण नारायण “भन्दै हिंडनु नै बेस हुन्थ्यो होला बरु ,पहिले मासु बिना खाना नरुच्ने मान्छेलाइ एकाएक फेरि के भो , सास जानेबेला बेहोशीमा कतै मासु खाने इच्छा प्रकट गरें भने पनि मासु नखुवाउनु बरु त्यस्को साटो सोयबिन बाट बनेको मासु जस्तै स्वाद आउने खानेकुरा खुलाउनु अरे भन्छिन हाम्री आमा ,आत्माले मागेको चिज नखानु नगर्नु भनेको आत्मालाई मार्नु हो र आत्मालाइ मार्नु भनेको नि एककिसीमले पाप नै हो तर जती संझाउदा नि टसकामस नहुने , बिहे नै गर्नु हुन्न त्यस्तो धर्म लिने हो भने,बिहे पछि त्यो सब वाहीयात !!!!

चित्त नबुझ्ने कुरा आफ्नैले गर्छ भनेपनि बिरोध गर्न सक्नु पर्छ ,
कसैको केही हुनुभन्दा पहिले मानिस हो आफू त्यस्पछि मात्रै अरु काटाङकुटुङ , सानो गल्तीमै रोक्न सके ठूलो गल्ति दोहोराउने चेस्टा गर्दैन , बार बार गल्ती गर्दा नि चोख्याउने , यदि हत्या बलात्कार जस्तो जघन्य अपराधमा आफ्नो मान्छेको संलग्नता रहेको थाहा पाइयो भने रोएर कराएर के हुन्छ , उल्लाइ अपराधी बन्नमा त्यो आफन्तको छुट पनि उत्तीक्कै कसुरवार हुन्छ त्यसैले पनि रुनु कराउनु बेकारै हुन्छ ।

हाम्रा आमा बाबा एक अर्का भन्दा बिल्कुलै भिन्न , उनीहरुको सोंच्ने शैली देखि लिएर सबै सबै फरक । आमा मीठो मसिनो बोल्ने , त्यस्को बिपरीत बाबाको स्वर भने ठूलो न ठुलो, आमा लोसे बाबा छिटोछरितो, सानो हुंदैमा सानो हुन्न त्यसैले आफुलाइ जहिले नि अरु भन्दा सानो सोंच्नुपर्छ भन्ने आमा ,बाबा त्यस्को ठ्याक्कै उल्टो !

कती छोराछोरीहरु चाहिँ जिउंदो हुंदा बाबाआमाको सानो भन्दा सानो जरुरतलाई नि मतलब नगर्ने तर मरेपछि भने काजकिरीया धुमधामले गर्ने पनि देखीयो । बांचुन्जेल राम्रो गर्ने नै आफ्नो हुन्छ , मरेपछि त अर्काले नि गरिहाल्छ्न , आफ्नो भएन भनेपनि लास उठाउने कोही न कोही निक्ली हाल्छ्न नि नत्र कुहिएर गन्हाइ हाल्छ ,

बृद्द बाबा आमाको स्याहार संभारमा जती खट्न सकियो त्यती नै आयु लम्बिने त हो, आ आफ्नो सुबिधा अनुसार बाबा आमाको महत्व घटाउने अनि बढाउने गरेका ती छोराछोरी, कतीपय ठाउंमा बृद्द बाबा आमालाई एक्लै पारिन्छ , एक्लोपन एकांकीले जो कसैलाई बिश्वास गर्न बाध्य बनाउंछ , कती बृद्द बृद्दाहरु भयानक घटनाको शिकार पनि भएका छ्न । कोही छोराले बुहारीको कुरा सुनेर आमा बाबा माथी दुव्र्यवहार गर्छ्न ,त्यस्ता खाले मान्छे ,मान्छे भएर नि पशु हुन ,लोग्ने स्वास्नीको संबन्ध भनेको त एकदमै पछिको संबन्ध हो , आमाले त्यो प्रसब पिंडा
नझेलेकी हुंदो हो भने,बाबा आमा मिलेर पालनपोषण नगरेको हो भने के उ कसैको श्रीमान हुन पाउंथ्यो होला र ?आफ्नो बच्चा आफैंलाई छुन डर लाग्छ कतै हड्डि भांचीने हो कि कतै कोरिने पो हो कि चोट लाग्ने पो हो की , दूध पनि सर्किने हेर्दै काखमा नै बिलाइ जाला जस्तो एक हत्केलाले उचाल्न सकिने, बच्चालाइ हुर्काएर बढाएर, बिरामी हुंदा रात रातभर नसुती , कहां लगेर निको हुन्छ भन्ने मात्रै हुन्छ |

कहिले पल्टिने , पल्टियो कहिले टुक्रुक्क बस्छ, बस्यो कहिले बामे सर्छ सर्यो, कहिले बोल्छ बोल्यो कहिले हिंडछ हिंड्यो , कती सम्म प्रगतीको कामना गर्दा रैछ्न बाबाआमा , एक समयमा जे पाए त्यहि मुखमा हाल्ने हुन्छ, फिटिक्कै ध्यान हटाउन मिल्दैन | गु मुत सोर्नु पर्यो ,खुलाउनु पिलाउनु आदि इत्यादी , दूध सर्किन्छ पानी सर्किन्छ , आतिंदै आतिंदै थपथपाउन तिर लागिन्छ । हल्का रुघा खोकीले नि बाबा आमाको ध्यान तानिन्छ , चिन्तीत हुन्छन सारै सतायो यो रुघाखोकीले नि, बच्चालाइ त नलाग्नु नि भन्ठानिन्छ, तर कतीलाई थाहा हुन्न रुघाखोकी लाग्नु भनेको शरीर स्वस्थ छ भन्ने कुरोको संकेत हो भन्ने कुरो । स्कुल जाने भो अर्कै खुसी , अरु भन्दा पढाइमा कम नंबर आयो भने अझ झन फेल नै भयो भने अर्को चिन्ता , के होला मेरो छोराको भबिस्य मेरो छोरीको भबिस्य, के गरेर आफ्नो संतानको भबिस्य सुनिश्चित हुन्छ भन्ने तिर लागेर आफ्नो लागि जिउन बिर्सीन्छ्न, छोराछोरी हुर्क्यो नराम्रो संगतले बिग्रेला भन्ने पीर , यस्तो लाग्छ छोराछोरीले बाबाआमालाइ जती नै गरेपनी त्यो कम नै हुन्छ ।

सारै झिल्के हाम्रो बाबा जती खेर नि ऐना हेर्नपर्ने, बेलाबेलाको बाबालाइ संझेर रमाइलो लाग्छ ,ऐना देख्नै नहुने हेरेको हेरेइ, बाबाको अगाडि हांस्न नमिलेर मात्रै , रेमन्ड चस्मा लाउन मनलाग्यो भन्नु भो र लगीदेको दुई दिनमै हराउनु भएछ, चिया पसलमा बिर्सनु भाको रैछ , आधी बाटोमा पुगेर संझेछन तर कहां पाउनु तीन सय पाउन्डको चस्मा चट । एकचोटिको कुरा हो रिटन टिकट नकाटी सिंगल टिकटमै नेपाल गयौं ,उतै काट्दा सजिलो हुन्छ भन्ने कुरो भो । यता यु के फर्किने बेलातिर टिकट काट्न जान लागेको , बाबाले होइन छोरीज्वांइ मै काट्छु भन्नु भो र लौ त भनीयो , हप्ता दस दिन भइसक्यो “हुंदैछ हुंदैछ” मात्रै भन्नुहुन्छ तर भाको भने हुँदै होइन , फर्किनलाई झन्डै झन्डै ढिला हुन लागी सकेको थियो त्यस्तोमा टिकेट काट्छु भन्दै कहां जाने रैछ्न ससुरा बा भन्ने सोंचेर ससुराको जासुसी गर्नतीर लागेछन ।दिनभरी टिकटको कामले नै बिजी भइयो छोरी ज्वांइ भन्ने ससुरा त त्यहि ट्राभल अफिसकै केटि संग पो मज्जाले जिस्कींदै रैछ्न रे , फेरि अर्को दिन पनि त्यस्तै त्यहि केटिसंग , टिकट किनेपछि बोल्ने बाटो नै हराउंछ भनेर होला कि ?

ज्वांइ राजाले टिकट किनी सकेको थाहा भएपछि ससुरा बा खङरङ्गै , ” मैले किन्छु भन्दा भन्दै किन त्यती सारो आत्तिएको होला , सस्तोमा मिलाइ दिन्थे मैले सेटिङ्ग मिलाको थिंए” , “होइन ससुरा बा ठिकै छ सारै महँगो परेन ढुक्क हुनुस “। बाबा खिन्न हुनु भाको जस्तो देखिन्थ्यो ।जस्तो थियो वहांको जिन्दगी थियो, जे जस्तो गर्नुभो भो ,आखिर जे गरे नि जस्तो गरेनी मान्छेले कुरा गर्न छोड्दैनन , अरुको लागि किन आफ्नो जिवनको स्वाद बिगार्ने बेकारमा , के बार बार पाइने जिवन हो र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *