Santosh By Tmaya Rai


पछि नलाग भन्दै सुनचांदी हिरामोती
देखाउँछु भन्दा नसोचेको होला उल्टै खती
माग बढ्दै गए घुस्याहा होला आफ्नै पती 
इमान्दार मान्छे बेफिक्री निंद मिठो अती

उबेला पुरुषबादी सोंचको टेको प्रथा सती 
लोग्ने मरे श्वासनी जिउंदै चितामा जल्थि
पुरुष नारि बीच असमानता नसुहाउने निती
एउटि मरे अर्की ल्याइ व्यवहार चलाउंथे पती

आफ्नो पत्नीलाइ माया नगर्ने कमै हुन्छन पती 
चित्त बुझाए सन्तोष नै हो ठुलो सम्पत्ति 
जग दरो भरोसाको टिक्ने रैछ सम्बन्ध जती 
भावनामा ठेस लाउने काम भए परिन्छ अगती

मेहनत गरेको फल मिठो आनंद कतीकती 
मुर्ती स्थापना गर आस्थाको जाग्छ पशुपती 
भ्रस्ट भई कमाको पैसाले बिगार्छ उस्तै मती 
आफ्नो ठीकठाक चलेनी संतानको गर्छ खती

कोही पत्नी कती राम्रा साथ दिने आइपरे बिपत्ती 
मिलीजुली गरौं भन्दा नि नमान्ने पतिको सधैं आपत्ति 
गोल्ड मेडल जस्तै पती भन्दै फुरकिन्छे कोही पत्नी 
राम्री उनी त्यसै नै नजर लाउने मायालु पति

Leave a Reply

Your email address will not be published. Required fields are marked *