Observation by Tmaya Rai

 

हाम्रो समाज स्वस्थ छ कि छैन ?म भन्छु बिल्कुलै छैन त्यसैले त सामाजिक कार्यमा होमीनेहरु आरोप र प्रत्यारोपको शिकार हुँदै आइरहेका छ्न ,केहि पाउंछ होला र त गर्दैछ नत्र केलाइ गर्थ्यो,यस्तो भन्नेहरु नि भेटें | सामाजिक सेवा जस्तो पबित्र मार्ग माथी शंकाको डोजर चलाइदिएर हौसला तोडनेहरु निस्वार्थ मनहरुका अपराधी हुन अनि ती ब्यक्तिहरु पनि उतिक्कै दोषी छ्न जस्ले  सामाजिक कार्यलाई  सिर्फ  पैसा कमाउने जरिया बनाउंदै आएका छ्न  !!!

संख्यात्मक रुपमा नराम्रो मान्छे बढेको बढेइ छ भने गुणात्मक रुपमा राम्रो मान्छे घटेको घटेइ छ किनकी राम्रोलाइ ज्यादा दिन सम्म राम्रो बन्न नदिने तत्व पनि यहि समाजमा बिधमान छ्न , यदि यहि रफ्तार रहि रहने हो भने एकदिन मान्छेले मान्छेकै मासु खान थाल्नेछ्न, अहिले परिवार भित्रै पनि बिखन्डनकारी नितीले आफ्नो बर्चस्व फैलाउन खोजीरहेको छ , एउटै लाम्टा चुसेर हुर्केको दाजुभाइ दिदी बहिनी बिच पनि आत्मीय संबन्ध नरहेको अवस्था छ  ,जन्म दिएर हुर्काएर बढाको बाबाआमा भन्दा श्रीमतीहरु प्यारा भएका छ्न श्रीमानहरु प्यारा भएका छन त्यसैले चुलो संगै मन पनि छुट्टिन थालेको छ !!!

गंगा अनि शान्तनु राजाका पुत्र देबब्रत (भीष्म पितामा) लाई पाप र धर्मको सहि पहिचान हुंदाहुंदै पनि पापीकै पक्ष लिएका थिए  ,पाप जल्ले गरे नि पाप नै हुन्छ भन्ने सोंचको अगाडि नतमस्तक अर्जुनले अंतत शिखंडीलाई मोहरा बनाएर भीष्म पिता माथि तिरको बर्षा गरें ,हो त्यस्तै आफ्नो मान्छे  भन्दैमा उनीहरुले उठाएको हरेक कदम सहि नै हुन्छन भन्ने हुंदैन ,माया र ममताको पट्टि लगाएर आफ्नो सैद्धान्तिक बिचारधारालाइ निस्तेज पार्नु एकदमै अनुचित कार्य हो किनकी स्वस्थ समाज नै  मानब जातीको मेरुदण्ड हो जस्को भुमीकालाई नजरअंदाज गर्नु भावी संततीको लागि  फलदायी साबित न  होला कि ?

राम्रो मान्छे नै बन्न छोड्या हो कि जस्तो लाग्छ घरि घरि त ,फेरि न्युज मार्फत फलानाले यस्तो गर्यो उस्तो गर्यो भन्ने सुभ संकेत पाउंछु , बिस्मय र हर्षित हुँदै आशाका अंकुर फुट्न थाल्छ्न !!!

सामाजिक सेवामा जो जती लागेका छ्न कमै यस्ता होलान जस्को पारिवारिक जिवन सुखमय छ ,यस्तो स्थिती तब मात्रै सिर्जीत हुन्छ जब परिवार भित्रै सहमती र समझदारी जुट्छ । परिवारको इच्छा बिपरीत गएर आखिर मान्छेले कती दिन सामाजिक सेवामा तल्लिन रहन सक्छ , जस्तो कि रबी लामीछाने जि लाई नै लिउं, उ बेला देखी नै मद्दतगार उनी अन्तत उनले परिवारलाइ नै त्याग्नु पर्यो , वहांको बैबाहिक संबन्ध तोडिनुको असली कारण के हो थाहा नभएनी सुरुवाती दिनहरुमा उनीहरु बिचको मतभेदको कारण कतै समाज सेवा त थिएन? राम्रा मान्छेहरु दुनियादारी संग चाल मिलाउन रुचाउंदैनन त्यसैले पछाडी छुट्दै जान्छन अंतत उल्लाइ घर परिवारको नि साथ मिल्न छोड्छ |

मलाई अनि म जस्ता अरु थुप्रै म हरुको लागि प्रेरणाका स्रोत बन्न सफल रबी जि र हामी एउटै स्कुलमा पढेका हौं भन्दा सार्है नै गर्ब लाग्छ । हामी भन्दा एक ब्याच अगाडिको वहां हामी सबै भृकुटी स्कुलका बिद्यार्थीहरु , त्यहि माथी ज्योतीषे बाजेको बासस्थान नजिकै रबीजिको घर , यिनै कारणहरुले पनि वहांको बारेमा धेरथोर जानकारी छ मलाई ,रबी जिको घरको बाटो हुँदै आमाले हामीलाइ ज्योतिषे बाजेकोमा लानेल्याउने गर्नु हुन्थ्यो,चिनो बनाउने देखि झारफुक सबै गर्नु हुने वहां , बच्चामा छाद्ने छेर्ने भइरहने हामी अनि वहां प्रतीको आमाको अंधो भक्ति भाव सबै मिलेर ज्योतिष बाजेलाई निकै बिजी पो बनाएका थियौं कि ?

रबी जि बिचरा लागी पर्नु भाछ ,खराब तत्वहरुको जगजगी कहिले त मलाई त्रेता युगको त्यो रावणको याद दिलाइदिन्छ जस्को टाउको काटेर काटी नसक्नु हुन्थ्यो रे त्यस्तै मुठ्ठी भरिको मान्छे बाहेक अरुको चाहिँ रगत नै पो भ्रष्ट होकि ???
रबी जिलाइ मननपराउने को होला र जो जस्ले मन पराउंदैनन तिनीहरुलाई असामाजिक तत्व भन्न रुचाउंछु। रबी जि वहां सामान्य मान्छे हुंदाहुंदैनी वहांले लिनु भएको असंख्य निर्णयहरु एकदमै असामान्य र अतुलनीय छ्न जस्ले एउटा छुट्टै ब्यक्तित्वको बिकास गरेर खराब तत्वको संहार गर्ने हर संभव कोसिस गर्नेछ !!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *