जस्को सिक्का चल्छ
उतै ढल्किन्छ
सत्य के हो थाहा हुन्छ
मौन तड्पिन्छ

आफ्नो सम्झी तिमीलाइ कती
कोट्याउनु
जहिले जहिले पर बाबै कतिन्जेल
सहनु
भो अब तिमीलाइ कहिले चलाउंदिन
तिम्रो खुसी मै मेरो खुसी दुखी
हुँदिन
दिक्क लाग्छ यो शरीरले कत्ति
धोका दिँदो रैछ
घाम जून एकै ठाँउमा
कस्को के नै लाग्दो रैछ
म यति धेरै बाँडिए म मेरै लागि
नपुग्ने भएछु
मानिस बनी सोंचे
काँडालाइ फूल सम्झेछु
मर्छु कि क्या हो यो मुटु चस चसी
दुखाउँदै छु
जस्लाइ आफ्नो सोच्छु उसैको
दुश्मन झन भएछु |
संसारका सबै अनाथहरुलाइ अपनाउन सक्ने मुटु जडीदेउ
बृद्द बृद्दाको सहारा बन्न खोज्ने आत्माको ओइरो लगाइ देउ
बेश्यावृत्ति पनि सामाजिक सेवा नै हो भन्ने चेतना जगाइ देउ
नहोस भोकै नाङ्गै कोहि बरु लालचको जगजगी घटाइ देउ
जिउन पाइन आफ्नो खुसीले
मर्न पाइयोस आफ्नो रोजाइले
गन्दैछु त्यसैले मलाइ निल्ने पींडाहरुलाइ
संझिदैछु त्यसैले नाम मात्रको आफन्तहरुलाइ
चोखो माया पवित्र फूल पुजाको थालीमा सजिन चाहन्छन
बासनाको रुप दिएर त्यसलाई बदनाम गल्लीको धूलो नबनाउ
एक्लिंदै छु है ,
बेग्लिंदै छु है
खै के भो खै के भो
ए मन ! मेरो मन !
बुझिनसक्नु जिन्दगी
कतै बैशाखीको तालमा
कतै मोटर गाडीको आडमा
कतै हवाइ जहाजको रफ्तारमा
हिंडदैछ गुडदैछ उडदैछ
छोइ नसक्नु छ मान्छेका बिचारहरु
धोइ नसक्नु छ मनका बिकारहरु
धेरै कंजुस्याई नगर जिन्दगी
तेरो के जान्छ र म हाँस्दा खेरि
बहाना तेरो सब सकियो
रोकछस मलाइ किन
सृष्टिको नियम हो तँ आफै पनि सक्छस एकदिन
त्यसैले मलाइ नरोक मलाइ
नखोज पनि
म भएर भोग म भएर सोंच
बुझ्नेछस अनि
जब एउटा बेश्याले समाजमा ठाउँ
पाउनेछ
जब एउटा बिदुवाको सिउँदो
भरिनेछ
जब एउटा अनाथले परिवार
पाउनेछ
जब बृद्द बृद्दाले दिलमा बास
पाउनेछ
जब धनी र गरिबको अन्तर
हट्नेछ
जब विकलांग व्यक्तिको
हिनताबोध नासिनेछ
त्यसबेला आफुलाइ यो समाजको
हिस्सा हुँ भनेर गर्ब गर्दा हुन्छ ।
धोका खाने म पहिलो होइन
धोका दिने तिमी अन्तिम होइन
न तिमी हार जितको रेखा हौ
न म नाफा नोक्सानको अंक परे
त्यसैले मन मैला पार्नु व्यर्थ छ
एकदिन सबै भुलेर
चिर निन्द्रामा पर्नु छ !!!!!!!
पाउनु र गुमाउनुमा मात्रै सिमित रहे प्रेमको परिभाषाले त्यो उचाइ छुन सक्दैन जुन उचाइको उ हकदार हुन्छ किनकी प्रेमको परिभाषा त्यो शक्ति हो जसले आफ्नो प्रेमलाइ हावामा पानीमा आगोमा जतैवाट पनि खोजी जीवित पारेर जिउन सक्छ !!!!!
मन संग मन साट्न कन्जुस्याइ गरे भावना बेबारिसे बनेर चितामा लड्छ !!
जहाँ गए भिड प्रतिस्पर्धाको मेला
हिंडछन् भिरेर लोभ लालचको झोला
आउँछ पालोअजम्बरी को होला
Nice your post l am crazy this
Shayari