New Nepali Literature & Philosophy By T. Maya Rai Vol.1

nepali literature philosophy collection

nepali literature philosophy collection

जिन्दगी यदि नून नहालेको तरकारी जस्तो खल्लो हुन थाल्यो भने फेरि एकचोटी लभ गर्नु पर्ने हुन्छ ,
त्यसो गर्दा निस्क्रिय हुन लागेको उर्जा सक्रिय हुन थाल्छ अनि जिन्दगी पहिलेको जस्तै स्वादिलो बन्छ
तर ध्यानमा रहोस पार्टनर चांहि फेर्नु भएन किनकी नून मात्र नलागेको तरकारीले कमसेकम पेट त भर्छ
तर यदि पाक्दै गरेको तरकारी चाहिं टाउकोमा घोपटियो भने बाँकी जीवन नक्कली कपाल ओढेरै बिताउनु पर्ने हुन्छ !!!


धेरै धन भन्दा धेरै मनहरु कमाउनु पर्छ जुन सम्भव त छैन तर कमसेकम प्रयास भने गर्न सकिन्छ |


गलतलाइ गलत भन्नु गल्ति हुन्न तर यति हो कि !
गलत भन्ने त्यो व्यक्ति आफु कत्तिको सहि छ ,
त्यसको मूल्यांकन भने सहि अनि सटिक ढंगले हुनु जरुरि हुन्छ ।


लुगाले मान्छे होइन मान्छेले लुगा लाउनु पर्छ भन्ने मान्यता प्राय सबैमा हुँदो हो ? तर के गर्ने मोटाएर भसक्कै भएपछि, आफ्नो रोजाइ एकातिर हुन्छ, जुन लुगाले आफ्नो मासुका लुम्साहरु लुकाउन सहयोग गर्छ ,तेही लाएर हिंड्नु पर्ने बाध्यता आइपर्दो रैछ | मोटाउनु नि के सार्हो मोटाइयो नि हौ , हिजो किनेको लुगा आज फिट नहुने| नारद मुनिले वीणा बजाउँदै डुलेजस्तो नारायण ! नारायण ! भन्दै गाउँ बेसी चाहार्न पाए बरु दुब्लाइन्थ्यो कि


नाजायज सम्बन्ध यस्तो दलदल हो जसबाट पार पाउनु भनेको मुस्किल मात्रै होइन झन्डै झन्डै असम्भब नै हुन्छ |जो कोहि यस्तो अवस्थाबाट गुज्रीरहेका हुन्छन तिनीहरु स्वयं पिडित हुन्छन आखिर मनलाइ कुनै सीमामा बाँध्न सकिने कुरा पनि त होइन | भावना माथि जसले नियन्त्रण पूर्ण रूपमा गुमाउँछ त्यो नै यस्ता घटनाका शिकार बन्छन |कतिपय ठाउँमा त अपराध नै जन्मिने खतरा हुन्छ तर जब यसले अपराधको मोड लिन्छ त्यतिबेला भने कुनै कोणबाट पनि यसलाइ सहि मान्न सकिन्न |


जब मस्तिष्कले नै द्वन्द छेडिदिन्छ
दुनियाको जुनसुकै कुनापनि
सुरक्षित हुँदैन रैछ |


nepali literature philosophy collection

केरे केरे ?राम राम राम !
” तु मुझे निचोड दे में तुझे निचोड लु ” ! हैट कस्तो कस्तो गीत बन्न थाल्यो , शब्दको खडेरी नै लाग्या हो त ?मान्छे भिजेको लुगा हो र ? निचोर्नु अनि निचोरिनु !!!!!!!!!!!!!!! यस्तै हो भने त गीतबाट नै पो एड्सको संक्रमण बढ्ने खतरा भो त कि कसो ?


‘एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा ‘
यो गीतमा यति गहिराइ भेट्छु कि सुन्दा सुन्दै डुबी दिन्छु ,डुबेर मात्रै भएन तैरनु त पर्यो नै त्यसैले ,
”एउटा मासुको टुक्राले कति खाना रुचाउँछ जिन्दगीमा” भन्दै आफ्नै शब्द रचनाको गीतमा लय थपेर तैरन्छु |हु हाहाहा


जिन्दगी भ्रम हो तर मृत्यु सत्य हो ,यो कुरालाइ जस्ले मनबाट नै स्वीकार्छ नि ! उ कहिले सुखमा मातिंदैन न दुखमा आतिन्छ |अब अहिले यस्तो मान्छे भेटिनु भनेको घाँसको भारिमा सियो खोज्नु बराबर जस्तै हो ,’मरेर लानु के छ र’ मुखले त भन्छन तर ब्यबहारमा उतार्न असफल हुन्छन |


हरेकले जिन्दगीलाइ गहिराइमा
बुझ्ने कोसिस गर्ने हो भने आत्मा
सुद्दिकरणको थालनी हुनेछ
जसबाट पुरै ब्रम्हाण्डले नै काँचुली
फेर्न सक्छ त्यसपछि मात्र बल्ल
हामी स्वर्गीय आनन्दको अनुभूत गर्न सक्षम हुन्छौं |


अन्न खाने हो अन्न खान पुगोस त्यति हो धन भनेको बाँकि कमाउनु नै छ भने पुण्य कमाउनु पर्छ।हीरा मोति सुन चाँदी खाने जसरि जति खेर नि पैसै पैसाको राप अलाप्ने मान्छेहरुलाइ भने मैले बुझ्नै सकिरहेको छैन ,मानी लिउँ कि सुनैको थालमा खाए नि त्यो भोजनको स्वाद त्यहि नै रहन्छ जति स्वाद सिलाबरको थालमा खाँदा हुन्छ होइन र ?नभाको तडक भडक देखाउनु छ भने कुरो अर्कै हुन्छ ।पैसाको ओछ्यान लाएर सुत्न सक्ने हैसियत भाको मान्छे कोहि भने आफ्नो शौख पुरा गर्न पनि हिच किच्याइ रहेको हुन्छ भनेपछि उसले कमाको धन उसकै लागि खर्चन नसकेपछि त्यो धनको औचित्य के रहन्छ त ?जब मान्छेले मोजमस्ती गर्नु पर्ने हुन्छ त्यो बेला भोलि भन्दै दौडीन्छ अनि त्यो भोलि कहिले नि आउन्न यदी आएछ भने पनि त्यो भोलि निरस हुन्छ न त्यसको दांत हुन्छ न रहर नै ।सोख भएका हरुले कमाउन त्यति अस्वाभिक मान्नु हुन्न तर त्यसको पनि हद हुन्छ ,त्यो भन्दा बढी गर्न खोजे आडम्बर हुन्छ ।बेकारमा आफ्नो जीवनलाइ कस्ट दिनु भन्दा जे छ त्यसैमा रमाउन सक्नु पनि अहिलेको प्रतिस्पर्धी समाजको लागि नमुना बन्नु हो ।आफ्नो जीवन चलाउने भन्दा बढी धन जम्मा गर्नु भन्दा त्यस्तो धन समाज कल्याणको लागि लगाइनु पर्छ ।हेर म लेखेर दिन्छु फुकेर हिंड्न पनि सक्छु कि यस्तो कुरामा हामी अहिले देखि नै नरम गरम हुन सकिएन भने हाम्रा भावी सन्ततिहरुले गोता पाउने छन् है ।बरु आउ सबै मिलेर समाज कल्याणको लागि केहि गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *