Nepali Poem by TMAYA RAI – (कविता संग्रह) भाग -६

tmayarai poem
Image -hancockmcdonald.com

 

     ‘निराकार’

 

कती खुल्ला छ आकास सीमा बिनाको 2
कती साँघुरो छ धर्ती नियम कानून संगको
आकास र धर्ती वीचको हामी कहिं न कहिंको
गुलामी गर्दै रमाउंदै छौ पाखण्डी सोंचको

जे देख्यो त्यसैको आकार कोर्न खोज्ने
के नदेखीने चीजको अस्तित्व हुँदैन र ? 2
रूप धन र उमेरमा माया मोह राख्ने
के मनको नाता अमर हुंदैन र ?

लाग्छ यस्तो बेकारमा जन्म लिएछु 2
यता न उता बिच्चमा झुन्डिरहेछु
आधी हाँस्दै आधी रुँदै
सबै सबै आदि आदि
कहिले होला नी कठै मेरो जिन्दगीले
पूर्णता पाउनी 2

_________________________________________

 

       ‘गायब’

तिम्रो सम्झनामा आसाको दीप जलाउंदै
पर्खिरहें भित्ते घडीमा आँखा लगाउंदै
के भयो होला कसो भयो होलामा सुस्केरा फुक्दै
रापियो मेरो मन तन अनी बदन सेकेन्ड मिनेट संगै

आकासको चमक खान कालो बादल
कोलाहल मच्चाउन बाक्लिदै गयो
म चल्मलाउन सकिन उत्तानो परिरहें
उमङ्ग र उत्साहको उर्जा सकिए झैं
म जहाँको तहीं रहिरहें

पर्दा खोले आकास हेरें
म जस्तै उदासिएको रैछ
कठै बिचारा प्रकृतीको मन
रातभरी रोएर टलपलाएका
आँसुका थोपा थोपा वोट बुट्यानबाट
क्रमस झर्दै
न गला रसाउने न तिर्खा मेटाउने
अलपत्र परेका थोप्पा थोप्पाहरु
अन्जुलीले खेलाउंदै छरिरहे

किन किन रोउं लाग्ने विरही हावा चल्यो
चंगा जस्तो मेरो मन कुन डालीमा अड्क्यो
अलमल्ल परें छटपटाएर कहाँ जाउँ भयो
खुट्टा पसार्न खोजें समतल मैदान सकियो
चोट खाएर पनि नचेतेको यो मन
धोका खाएर पनी नसम्भलिने पन
शुरुवात हो कि अन्त्य हो चाल पाउँदिन
तीतो होकि मिठो हो स्वाद पाउँदिन

_____________________________________

 

      ‘तृष्णा’

सम्बन्ध तिम्रो मेरो यो समाजले बुझ्दैन
माया गर्छु छाती चिरी देखाउन मिल्दैन
पहिलो पल्ट आफ्नो लागि जिउँ लाग्दैछ
तिम्रो आगमनले उत्साहको लाली थप्दैछ

कती मीठो बोली सधैं सुनी रहुँ लाग्ने
तिमी र मेरो बिचको दूरी खै के गरि घट्ने
मुटु कुटुकुटु खाने विरहको हुरी चल्दा
निर्जिव लाग्ने आरोपै आरोप खेप्नु पर्दा

माया नै सबैथोक हो भने
तिमीमाथि मेरै हक लाग्नु पर्ने
मलाइ नै सम्झी सम्झी ढुकढुकी बढ्नुपर्ने
समय र परिस्थितीले खै कस्तो
खेल खेल्ने हो
म त त्यहिँ नै छु खै तिमी पो
कहिले फर्कने हो ?
_________________________

 

      ‘मुस्कान’

सरसर हावा चल्छ तिम्रै सुभाष ल्याइदिनी
निको चाला छैन हजुर अन्तै मन डुलदिनी
कति मिठो बोल्छौ बोली मै छ दन्ते मोहनी
जति टाढा हुन खोज्छु उती नै नजिक भैदिनी

मनको मिलन भैसक्यो बाँकि छ तन मिलाउनु
आउँदैछु नशा नशामा मादकता फैलाउनु
माया संग माया भए मौसम नै मायालु
बेमौसमे फूल पनि लजाइ दिने लजालु

फक्रियो मेरो गुलाबी योवन तिम्रै सम्झनामा
अरु सबै फिका रंग तिम्रै तिमी यो मनमा
मै हु सबै भन्दा चाहने तिमीलाइ नहुनु टाढा

छुट्नु भन्दा मर्नु जाती केलाइ  लिनु चिन्ता

____________________________

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *