Nepali Poem by TMAYA RAI – (कविता संग्रह) भाग -४

kabita
 ‘स्टार’
एक खुड्किलो म पनि त थिए
तर तिमीले सबै बिर्सी गयौ
तिमी अहिले स्टार बनेकी छौ
अरु स्टार संगै खिस्स दन्त देखाउंदै
मेरो औकात बुझाउँदै छौ |||||
आफ्नो चमक दमकमा मगन
नयाँ संगत नयाँ साथ पाएर
दुखका दिनहरु क्रमस भुल्दै छौ
म संग भेट्न तिमीलाई न फूर्सद
न आवश्यकता नै छ
मन त दुख्दो नै रहेछ
भनेपनि नभनेपनि !!!!
फेरिपनि तिम्रो सफलतामा जल्दिन म
तर सपनामा नै भएनी
म पनि कहिले काहीं स्टार बन्ने गरेकी छु
सफलताको स्वाद चाख्ने गरेकी छु !!!!
तिमी मलाइ बधाई दिन आएकी हुन्छौ
म सबै बिर्सिएर तिमीलाई अंगाल छु
तर मैले तिमीले जस्तो आफुलाई उकाल्ने
सिंडीहरु भुलेकी छैन
न अहंकारका पहाड नै चुल्लिएका छन्
सपनामा नै भएपनि
सपनामा नै भएपनि
_______________________________________
                   ‘परिवर्तन’
टोलछिमेक चिने जानेको सबै भेला हुन्थ्यौं
काटाक कुटुक निबुवा भगटे साँधी खान्थ्यौं
आजभोली त फुर्सद कहाँ त्यसै दौडी दिन्छौं
हाइ हेलो चले पुग्यो बाटो तताई दिन्छौं
गफ गर्दै खानलाइ मकै भट्मास मिठो
पेट दुखे फुर्सद हजुर टोइलेटतीर भाग्यो
वल्लो  घरको साँइला दाइ पल्लो घरे काँइली
साइनो लाँउदै बोल्यो हजुर लाज फेरि केलाई
अलि यता आउन भन्दै दाइले भाउजु ताक्दै
कोहि भने एक छेउबाट सबै सबै देख्दै
कल्पनाको रंग अनेक थाक्ने गन्दै गन्दै
बादलको सहर भित्र  तारा जुन हराइ
_________________________________________
                   ‘दशैँ’
 यसपालिको  दशैँमा आउन पाइन आमा
तिम्रो हातको टिका थाप्न  पाइन आमा
अर्को साल पनि के हुन्छ थाहा छैन
मासु भात खाएनी मनमा खुसी छैन
तिम्रो मात्रै होइन सन्तान परदेस लागेको
चित्त नबुझे  हेरिदेउ  अरुको घर दैलो
खोजिरहन्छ आमाको न्यानो स्पर्स
एकल मनमानीले जीवन कहाँ चल्छ
परिवार संग भेटेको त्यो दिन
मनाउँला सम्झेर चांडवांड
पर्खिदेउ आमा खुसीको त्यो क्षण
हामी यहाँ  सबै नै सन्चै छौ
सन्तान दुःखी नजिक के गर्छौ
तिम्रो  दुःख यो मनमा छ फरर
हावा भए बहि दिन्थे बरु सरर
______________________________________
किर्ना
रसिलो पोसिलो ठाउँ छानि छानि रोज्ने
रगत चुसी चुसी  जिउलाइ संधै  पोसाउने
पेट  फुलाइ फुलाइ  डकार  मार्ने
सात पुस्तालाइ पुग्ने धन  छुपाउने

देशको स्वाधिनतामा  हस्तछेप धेरै  सहने

जनता ठग्न नयाँ नयाँ स्किम बनाउने
खुट्टा तान्छौ लाज राख्नेको
सुतेको स्वाङ कती रच्न जानेको
बेलुन फुट्छ हावाको चापले
सत्ता हाँक्छ वृद्द चालकले
चन्द्र सुर्य मात्रै ध्वजामा  अँकित
रास्ट्रिय गान मात्रै धुनमा सिमित
झन्डा गाडी गाडीमा गुड्या छ
बाटो हिंड्ने जोकोहिलाइ रोक्या छ
पसिना  बगाउने बिदेस  लाग्या छ
ठगि खाने टलक्क टल्क्या छ
सिँगो नेपाल एक ऐतेहासिक धरोहर
 बन्नेछ नत्र   टुक्रिएर खन्डहर
धेरै भो माइक अब खोस
भ्रस्ट नेता नौ डाँडा काट
__________________________________
          ‘ बेचैनी’

म भित्रको  एउटा  जीव

आवाज  बनि  गुन्जीदिन्छ
होश  हराउंदै  गएको  मलाई
झक  झकाउने  प्रयास  गर्छ।
दुनियादारिको  पाठ  पढाएर
अल्मलाउने  हर  कोसिस  गर्छु
हजार  कारण  देखाएर  उम्कन  खोज्छु !!!!
एकाएक  आक्रमक बनेर
कानको  जाली  फुटाउला  झैँ
काबु पाउन खोज्छ फेरिपनि !!!!
लुटाको छु  लुटिएकी छु
खै को  संग  के  गुनासो
त्यसैले एकान्तमा लम्पसार छु2
______________________________

Leave a Reply

Your email address will not be published. Required fields are marked *