Nepali Poem by TMAYA RAI – (कविता संग्रह) भाग -7

   ‘जात’

प्रेमको मलिलो माटोमा भावनाका बिउ छरिनेछन्
कोमल स्पर्सहरु उनीहरुको रेखदेखमा जुटने छन्
जोस जाँगरको पोस लागेर कोपीला लाग्न सुरु हुनेछ
हेर्दाहेर्दै फुल वनेर सवैको मन हर्ने छन्

गुलाबी सयपत्री सूर्यमुखी मखमलीका लालीहरु
सब एक से एक हुँदा पनि
भेदभावका तुषारोले कहिले छुन सकेन
आखिर जुनै फूल पनि प्रेमिल माटोका उपज हुन

____________________________________

 

  ‘परदेश’

विरानो देस बिरानै परिवेस
स्वाद छैन केहिमा
वल्लो घरको मरेछ
पल्लो घरलाइ थाहा छैन

बोझ बन्छ जिवन
मलमुत्रको आलमा
मुडा लडे सरि छ
सूर्य चन्द्र आकासमा

कहिले झरी कहिले बादल
छाँट छैन घाम लाग्ने
आफ्नै आगन परदेस लाग्छ
पाइला कहिले सर्ने

____________________________________

 

      ‘अंश’

आफु भित्रै हराउने मान्छे परें
अरुलाइ खोज्न सक्छु या सक्दिन

मिती पुगे मरिन्छ नै
कोइ सुतेको सुतेइ
निल्न गार्हो पानी पनि
घाँटी दुखे धेरै !!!!!

त्यसैले आउ
ए ओझेलमा परेका मनहरु
मलम बन्ने कोसीस गरौं
केही तिम्रो सुनाउ
केहि मेरो सुनाउने छु
शायद तिम्रो कम होला
मेरो बढी
या मेरो कम होला
तिम्रो बढी
तरपनि बाँडी चुंडी लिउँला 2

 

     मेरी आमा

धुलो पुछि तस्वीरको बुढो आँखा सेक्दी हुन्
कल्पनाको कोक्रो बुनी दिनरात झुल्दि हुन्
पाइला सार्न गार्हो घुँडा तिम्रो रोगी
के कस्तो छ तिम्रो आँखाको त्यो ज्योती

मेरी आमा तिम्रो महिमा अपरम्पार छ 2

गर्बमा नक्शा कोर्यौ बालापन खुसीमा झुलायौ
खाइ नखाइ भविश्य हाम्रो सुनौलो बनायौ
हामीले टेक्ने पाइलामा मनको टेको लगायौ
हामी अघाडी बढी नै रह्यौ साथ् छुट्यो त्यसैले

मेरी आमा तिमी बिना!2

चांडपर्ब आउँछ जान्छ बिरानी भरि दिनलाइ
चेलीमाइतीको डोर कसिलो बाबाआमा रहुन्जेलीलाइ
के गर्नु त्यस्तो मिलन झन् दोब्बर दुख ल्याई दिन्छ
बिदाइको बेला यो मुटुमा कयौं खंजर रोपी दिन्छ

_________________________________

     द्वेष

जिन्दगी अनमोल हुन्छ
माया गर्ने मान्छे जब
साथ हुन्छ
नसक्दा डोर्याएर हिड्ने
हात हुन्छ

नौलो नौलो बिहानी संगै
जब कयौं सन्ध्या ढल्दै जान्छ
समय गएको चाल पाउन्न
हो जिन्दगी त्यो बेला अनमोल हुन्छ
जब हौसला दिने मनहरु बढ्छन
जब साँचो कुरा सबैलाई साँच्चै लाग्छ

पाइलै पिछे जब धोका मात्रै मिल्दै जान्छ
आफ्नो साथलाइ स्वार्थको तराजुमा तौलन्छ
आफ्नो चित्कारलाइ अनसुना गरिन्छ
जस्को सुनुवाइ कुनै अदालतमा हुन
सक्दैन
मुद्दा माथि मुद्दा खेप्दै जीर्ण हुँदै गरेका
आत्मबिश्वास
जब ढलिने कगारमा पुग्छन

जब ढलिने कगारमा पुग्छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *