शरीर त चाउरिएर जान्छ ,रोगले खान्छ फेरी एकदिन यमराज टुप्लुक्क आइपुग्छ ,
आएर सधैंको लागी छुटाएर लान्छ ,कहिले नभर्ने घाउ आफन्तहरुलाइ दिएर जान्छ
त्यसैले शरीर संग होइन आत्मा संगको लगाव घनिष्ट हुनुपर्छ ।
जित्नेलाइ बधाइ मात्रै होइन जित्न सक्नेको हौसला पनि बनौ है
उल्ले एल्ले सबले
ओड्ने आकास एउटै हो
टेक्ने धर्ती एउटै हो
त्यसैले मान्छे र मान्छे बिचको
अन्तर मैले कहिले बुझ्न सकिन
एउटा प्याज एउटा टमाटर घटि लिए के हुन्छ
भोक सबैको एक हो बुझ्न किन गाह्रो पर्छ
बिदेसिनु बाध्यता हुन सक्ला तर बिदेस मै भासिनुलाइ भने बाध्यता भन्न सकिन्न,
बिचरा बाध्यता भन्ने शब्द आफैंमा अलमल्ल पर्दै ,
होइन के भाका हुन किन मेरो नामलाइ कमी कमजोरी लुकाउने थलो बनाएका हुन भन्ने सोच्दो हो !!!!