
अकालमा ज्यान गुमाउनेहरु कोही खुनै खुनमा लत्पतिएका ,कसैको टाउको नै छैन कसैको गिदी ,आँखा छरिएको दृश्यहरू सामाजिक संजालमा कहिले कतै देख्नु पर्दा साँच्चै नै मुटु चिरिन्छ आँसु त्यसै बग्न थाल्छन् ,
कठै कस्को छोरा कस्को छोरी होलान ,कस्को श्रीमती कस्को श्रीमान होलान यस्तै यस्तै कुरा सोचेर भक्कानीएर आउंछ अनी रिस पनी उठ्छ त्यो व्यक्ति संग जस्ले यस्तो दृश्यहरु राखेका हुन्छन ।
कस्तो मान्छेहरु होलान् – मर्दा नि शान्ति नदिने ,स्वयं मृतकहरुले पनि यस्तो होस् भनेर चाहेको हुँदैन होला ,कालगती या अकालमा जुनै कारणले ज्यान गएपनी त्यस्तो पिडा बोल्ने तस्वीरहरु किन पो राख्नु ,के चोखो श्रदाञ्जलि चढाउँन तस्वीर नै चाहिन्छ ?यदि चाहिन्छ नै भनेपनी जीवित अवस्थाको फोटो राख्दा हुन्न र ?यस्तो अमानविय कार्यको हामीले घोर भत्सर्ना गर्नुपर्छ ।
म कसैको सोचाई होइन
म कसैको बुझाई होइन
म मात्रै मात्रै म हुँ
मैले नि हाँस्न पाउनु पर्छ
मैले नि जिउन पाउनु पर्छ
हिजो मै हुं भन्ने मान्छे आज छैनन् ,
आज मै हुं भन्ने मान्छे भोलि रहने छैनन्
बेकारको मोह मायामा
अल्झेको यो जीवन
कतिखेर यसले कस्तो मोड लिने
हो कुनै अत्तोपत्तो छैन ।
सानु मान्छेले आखिर कति नै पो दिन खाकि थिई र ! त्यस्तै सात आठ महिना कि हुँदि हो मेरी भदैनी भर्खरै भित्ता समाइ जानी नजानी पाइला सार्ने गर्थी |
र्याल चुहाउँदै ‘मकी मकी ‘भन्दै ममीको कलेजको बुकमा बलपेनले जथाभाबी कोर्थी ,
ओइ सानु ! के गरेको यस्तो ? पाँइ गरु भन्दा मलाइ पुलुक्क हेर्थी
र फेरि सुनेको नसुनेइ गर्दै केर्न सुरु गर्थी
अझ हेर हेर! भनेको नमानेको भन्दै बलपेन खोसेर त्यसको रिफिल निकालेर खोल मात्रै दिन्थे,
ला तँलाई अब जति कोर भन्थें ! कम्ता बाठी हो र लेख्ने पट्टि हेर्थी
अनि लेख्छ कि लेख्दैन भनेर जाँच्ने गर्थी
अब मसी नै नभए पछि कसरी पो लेखिन्थ्यो र कसरी पो कोरिन्थ्यो र ?
अब भुँइमा लडिबुडी सुरु जति फकायो झन त्यति रुनेकराउने पछि पछि त झन टाउकै भित्तामा ठोक्काउन थाल्थी , ल अब भएन यस्तो पाराले त टाउकै पो फुटाउने डर भो त भन्दै फेरि रिफिल हालिदिएर जस्तोको तस्तै बनाएर ला जतासुकै कोर भन्दै ममीको बुक लुकाई दिन्थे र अर्कै काम नलाग्ने पेपर दिन्थे तर त्यो होइन रे ममीकै बुक चाहियो रे अब परेन फसाद दिउं भने कोरेरै सक्ने भो नदिउँ भने रोएरै सक्ने भो लौ नसक्ने भो प्रभु भन्दै नमस्कार गर्थें र हार मान्दै उल्ले जे भनेको त्यहि नै गर्थे | हिजो जस्तो लाग्छ यी सबै कुराहरुलाइ सम्झंदा तर के गर्ने एक दसक भन्दा बढी भैसकेको छ आजभोली फोटो हेरेर दङ्ग पर्छु , साँच्चै सोची ल्याउँदा समयको पाउ होइन पंख पो हुँदो रैछ कि के हो ?