Memories By Tmaya Rai

म मात्रै नभएर मेरा सबै साथीहरु एस एल सि मा फर्स्ट डिभीजन आए | दस क्लासको पाठ्यपुस्तक आठ देखि नै पढ्न पर्ने, फर्स्ट डिबीजन नआइ नहुने एक दुई होइन होल क्लास नै , फर्स्ट डिभीजन आउनु भनेको त्यस ताका निकै नै ठुलो कुरो रहेछ क्यार ! म फर्स्ट डिभीजन आको खबर सुनेर “लौ है गुरुङ दाइ छोरी फर्स्ट आएकी रैछे , अब हामी सबैलाई खसी काटेर खुलाउनु पर्छ नि नत्र हामी मान्दैनौ नि,” बाबाले भइहाल्छ नि भन्नुहुन्थ्यो । बाबा नि निकै खुसी ,झन आमाको त कुरै नगरौं,

हाम्रो स्कूलको म्याम औधी कडा डरले थुरुरु हुन्थ्यौं |प्रिन्सीपल म्यामको मुखैमा हुनथ्यो स्ट्यान्डअप अनि सिट डाउन, खै के हुन्थ्यो म्यामलाइ बेलाबेलामा  स्ट्यान्ड अप र सिट डाउनको प्ले बटन बिग्रीए जस्तो भयो नभन्दिने , अब चाहिँ ढल्ने भो भन्ने बेलामा मात्रै बल्ल स्टप, अचम्मैको थिइन कसैले नसक्ने, एकचोटी त सरलाइ पनि पो ” यु अल्सो स्ट्यान्ड अप” भन्दै हामी संगै उठबस गर्न लाइन, बिचरा सरको अनुहार रातो न रातो भएको थियो तर प्रीन्सिपल म्यामको आदेसलाई नकार्न कस्ले पो सक्नु ?

आफ्नो बहिनीलाई चाहिं भाइस प्रीन्सिपल बनाको थाछ ,उस्को बुडोलाइ चाहिँ कुन पल बनाइन या बनाइनन त्यो चाहिँ भुलें । लाइब्रेरी फिस रे ,खेलकुदको फिस अरे ,अझ कम्प्युटरको पनि फिस, जबकी कम्प्युटर त स्कुल सकिने बेला मात्रै लेराको याद छ तर चलाउन पाको भने होइन ।असाध्यै चलाख म्याम हेर्दा नि पर्सन्यालीटी भाको ,केस त्यस्तै ड्रेस त्यस्तै म्याम हुन सुहाउने, हाम्रो क्लासमा कोही एकदमै पडाकु, कोही ठिकठिकै, कोही भने चोरी चोरी पास हुने पनि थिए | चोरि चोरी पास हुने र एकदमै पडाकु मान्छे ती दुई खाले साथीहरुको बारे संझेर अझै पनि हांस उठ्छ । एउटा केटा साथी जो अहिले इंन्जिनीयर छ , उल्लाइ यती धेरै पढ्न पर्ने कि सनीबार पनि स्कुल खोलीनु पर्ने उनको आग्रहलाइ  प्रीन्सीपल म्यामले नकार्नै सकिनन् ।त्यस्तो सारो पढने मन भाको मान्छेले त घरमै ट्युसन लिए हुने नि ,हप्तामा आउने एक सनिबार त छोडे हुनेनी भन्दै मनमनै मुर्मुरिन्थें | स्कुल खोलीने नै भएपछि नगएर भो , कतीवटा सनिबार त स्कुल जानकै लागी पनि बिरामी भए तर के गर्नु अर्को दिन सजाय पाइहाल्ने , प्राय सनिबार र आइतबार, दुई दिन छुट्टि हुन्थ्यो अरु स्कुलहरुको तर हाम्रो भने शुक्रवार हाफ अनि सनीबार पुरै , अरु बार भन्दा मलाई आइतबार छुट्टि भाको मनपर्ने किनकि हरेक आइतबार बिहान महाभारत आउंथ्यो  टिभीमा त्यसैले पनि आइतबार खास लाग्थ्यो मलाइ, कती चोटि त स्कुल नगइ नगइ हेरें  ,एकदिन त मैले स्कुल छुट्टाको दिनमा नै आमा र साथीको जम्काभेट हुन गएछ , “फलानी आज स्कुल आइन के भो आन्टी भनेपछि भेद नखुल्ने कुरै भएन”  !!

आमा ! ए आमा , लौन भोक लाग्यो खाजा खाउन भन्या त  ,”आज स्कुलमा कस्तो पढाइ भो” भन्दै, उल्टै प्रश्न पो गर्न थालिन , “राम्रै भो” भन्न के भ्याएको थिँए “तँलाइ पख्लास” ,भन्दै कुचो हातमा लिएर खेद्नु भो, त्यसपछि त लौ खा खाजा भइहाल्यो, बिरामी  नै हुन पाइएन आइतबार त्यस्पछी त  , कि ज्वरै आउन पर्ने नत्र पेट टाउको जे दुखेनी सबै बहानामा नै गनिन्थे  , सांच्चैको टाउको दुखेर पेट दुखेर जिउ नै आलस्य भाको बेला नि ,लौन छिटो गर स्कुलको गेट बन्द हुन्छ भन्दै कुदाउनु हुन्थ्यो |

आफुले नपढेनी छोराछोरीले धेरै पढेको हेर्न चाहान्थे बाबा आमा दुबै, आमा त एक अक्षर नजान्ने बाबा भने स्कुल नभाकै कारण जोगिकोमा पढ्न जानपर्थ्यो रे , पढेर घर फर्किंदा नै सांझ पर्ने अरे त्यहिमाथी बर्खमा खोला तर्न गार्हो   पीरले बज्यै चाहिँ भुतुक्कै हुन्थीन रे ,  बाजेले भने आयु छउन्जेल बायुको केही लाग्दैन, पढनु पर्छ भन्ने कुरोमा नै जोर लाइ बस्नु हुन्थ्यो रे त्यसैले नि ,बाबा साधारण लेखपढ गर्न जान्नुहुन्थ्यो ,”मेरो बाबा, तिमीहरुको बाजे, लामो बांच्न सकेको भए म हाकीम बन्थें “, आफ्नो असन्तुष्टी र अधुरो चाहानाको भारि बिसाउनु हुँदा हामी बाबाको अनुहार टुलुटुलु हेरि बस्थ्यौं , सुनीन्जेल हो रैछ ,अरुबेला खै के रैछ लाग्ने हामीलाइ , त्यस्तो हुनु केही हदसम्म उमेरकै मार्गदर्शन पनि हुनसक्छ ।

हामीलाई त्यतीखेरको टप टप इंङ्गलिस मिडियम स्कुलमा पढाउन खोजीयो , तर कतै घुस नलिएर कुरो बिग्रीयो कतै सोर्स फोर्स नचलेर कतै इन्ट्रान्स एक्जाममा नै गुल्टिएर कुरो बिग्रीयो, अंतीममा दिपेन्द्र बोर्डिंङ्ग स्कुलमा पढाउने कुरोको पक्कापक्की भयो तर त्यहां होस्टेलमै बसेर पढ्न पर्ने भएर भाइहरुले मात्रै पढ्न पाए | त्यहां नि कहां सानो प्रयासले भाको हो र ,सोर्सफोर्स चाहीने रैछ, सोर्सफोर्स कहां त्यसै चल्नु पैसाको बिट्टो नसुंघाएसम्म ,आखिर ती मंत्री खलक न आमा पट्टि न बाउ पट्टिको पर्नु ,मंत्रीले के कती खाए भन्दा नि मंत्रीसंग मिलाइदिने दलालले चाहिँ धेरै खायो भन्ने कुरा गर्थिन आमा, गाडी आफ्नै थियो त्यो दलालको , मंत्री भेटाइ दिने निहुँमा पसलमा लगेर खसीको ह्याकुला सुरु गर्नपर्ने डाँकालाइ , त्यहिमाथी तेल फुल ट्यान्क हाल्दिनु पर्ने, कतीचोटी त मै पनि गाको छु, “आहा क्या मज्जाले खाइयो” भन्दै डकार मार्दा मलाई भने खुबै रिस उठ्थ्यो र “सित्तैमा खान पाको बेला अझै दुई चार प्लेट बढी हाल्नु  नि भोलि र पर्सिलाई नि पुग्ने गरि”, प्याच्चै भन्दीहालें , “हैट भान्जी पनि” भनेको मात्रै के हुन्थ्यो , “तिमी जस्तो मान्छेको भान्जी पनि हुन पर्या छैन मलाइ “भन्दिन्थें , “के भनिस रे माफ माग” भनेर माफ माग्न लाउनुहुन्थ्यो तर म उल्टै जवाफ फर्काइदिन्थे ,”माफ त मेरो जुत्ताले नि माग्दैन” भनेपछि मेरो साटो आमाले नै माफ मागेर कुरोलाई अंततिर मोडिदिनु हुन्थ्यो तर म पहिले देखि नै त्यस्तै, आफुले नसक्ने कुरो सक्दिन भनी दिन्थें , सक्ने कुरा कसैले गर्नु नभनीकनै गर्ने इच्छा प्रकट गरिदिहाल्थें , सहयोगको बापत यो चाहीन्छ त्यो चाहिन्छ भन्ने खालको मान्छे त मान्छे नै होइनन जस्तो लाग्छ,

मम मनपर्ने मलाई घरमा ल्याउने मान्छे भेटिन भने पसलमै खान पुग्थें , बाहिरै निक्लीएपछि सारै मीठो पाउने ठाउंमा नै पुग्नु पर्थ्यो मलाई , एकदिन त मम खान जाँदै थिँए , माग्दै गरेको एउटि बुडि आमैलाइ देखिहाले   , बाबू नानी दुई दिन देखि यो पेटमा अन्नको दाना परेको छैन भनेको सुन्दा त किनकिन त्यो बज्यैलाई नजरअंदाज गर्नै सकिएन , नजिकै गए र पहिला दुई रुपैंया दिंए , होइन अलि दिनु पर्यो भन्दै अर्को पांच रुपैयाँ थपीदिंए , फेरि के लाग्यो लाग्यो भाको जती सबै त्यो आमैको कचौरामा नै  खनाइ दिंए र घर फर्केर उब्रेको बासीभात र तर्कारी खाए ।बिचरी ती बुडि आमैलाई गल्ली गल्ली भौतारिन लगाउने त्यो भोकले त मेरो भोक नै पो खाइदियो , केहि दिनसम्म भएनी उनलाई गाह्रो हुंदैन भनेर म ढुक्क भए  |

म संग पैसा भइ नै रहन्थ्यो , कती त स्कुलको फिसमै ठगीदिन्थें , पांच सय छ भने हजार भन्दिन्थें, फिस कहिले एकै महिनामा दुई चोटि लिइदिन्थें , फिस भनेपछि आमाबाबाले खासै केहि नभन्ने , आमाबाबालाई स्कुल जान स्कुलको फिस तिर्न फुर्सद नै हुन्नथ्यो त्यहिमाथी कापी कलम बुक च्यातीयो अर्को नयां लिन पर्यो भन्दै त्यहि ठग्ने  ,
फेरि किनीस किनीनस त्यस्तो कुराको हेक्का नराख्ने बाबाआमा परे, खुबै पैसा जम्मा गर्न मनलाग्थ्यो तर कसैको दुख देख्न नसक्ने मान्छेको पैसा कती नै पो जम्मा हुने रैछ र त्यहि माथी भाइहरु होस्टेलबाट आएपछि यो गर्छु त्यो गर्छु भन्दै योजना बनाउने अनि रहलपहल पैसो भाइहरुकै लागि सिध्याइ दिने, बाहीरको मान्छेलाई नठग्ने खाली आमालाइ ठग्थें कहिले कहिले मात्रै बाबालाइ ठग्थें किनकि बाबा अलि कडा मिजासको हुनुहुन्थ्यो र सारै डर लाग्थ्यो ।जे लाए जे खाए पुर्याइदिने बाबाआमा,चाहीने भन्दा बढि सुख सुबिधाले नि मान्छेलाई बिगार्दो पो रैछ कि के हो कुन्नि , बिग्रीए भन्नाले केटा खेलाउंदै हिंडनेमा चाहिँ परिएन किनकि त्यतीखेर जमाना नै अर्कै थियो , लब गर्नु भनेको नै लब लेटर लेख्नु मात्रै हो जस्तो लाग्थ्यो ,खै के भो भो फर्स्ट आउने मान्छे त बिस्तारै झर्दै झर्दै पास मात्रै पो हुन थालीयो, मार्क सिटमा बाबा या आमाको साइन चाहिन्थ्यो आफुलाइ बाबाको साइन कण्ठै , आफुलाइ अप्ठेरो पर्ने नोटिस मार्कसिट सबैमा फर्जी साइन चलाइ दिन्थे उसैपनि बाबाको नजरमा फर्स्ट टर्म र सेकेन्ड टर्मको खासै महत्व थिएन, फाइनलको तयारी चाहिँ धुमधामै संग गरिन्थ्यो किनकि बाबाले मार्कसिट जो हेर्नुहुन्थ्यो |

भाइहरु इंगलिस फिल्म हेर्ने मलाई हिन्दी मुभी हेर्न पर्ने , जेठो भाइ सानोमा सारै ज्ञानी रिस कहिले नदेखाउने तर कान्छा भाइ भने रिसको पोको उल्ले भनेको भएन भने हानीहाल्ने ,अंग्रेजी फिल्म परिवार संग बसेर हेर्न नसकिने रैछ त्यसैले चुकुल लाएर हेर्थे दुई भाइ,

फागु पुर्णीमा सारै मनपर्ने हामीलाइ,आपसमा रमाइलो गरोस केटाकेटि भन्ने सोंचेर छुट्टि नहुंदा नहुँदै पनि  बहाना बनाइ बनाइ स्कुलबाट घर ल्याइन्थ्यो भाइहरुलाइ ।
एकदिनको कुरा हामी रमाइलो गर्नलाई छतबाट फुत्त फुत्त लोला हान्दैथ्यौं ,लाग्नु एउटालाइ पर्ने अर्कोलाई पो लागी गएछ , सानो नानी बोक्दै हिंडीरहेकी आइमाइ रैछिन त्यहिमाथी छुच्ची न छुच्ची , हामी लुक्नलाई ढिलो भयौं या उनले हेर्नमा छिटो गरिन, हामीलाइ देखीहालिन, बाबा नभाको बेला पर्नुनी तर हाम्रो दिन बिग्रेको रैछ त्यो दिन ठ्याक्कै बाबालाइ सुनाइ हालीछ । हेर्नुस गुरुङ दाइ तंपाइहरुको छोराछोरी मिलेर झन्डै मेरो नानीलाई मारेको आज , संझाउनुस तंपाइको नानीहरुलाई नत्र पछि पछुताउनु होला भनेपछि त हाम्रो गोरु चुटाइ , झन होलीमा रमाइलो गरोस भनेर दिदी भाइ मिलाई देको त यस्तो पो गर्ने , अब अहिले यतीखेर नै तिमीहरु होस्टेल जांदैछौ सब प्याकिंग गर भन्दै ट्याक्सी लिन पो जान लाग्नु भो बाबा त , बाबा यसपटक माफी दिनु अब हामी कहिले त्यस्तो गर्दैनौं भन्दै रोयौं, आमाले नि एकचोटीलाइ माफि दिने अनुरोध गर्नु भो तर कसैको केहि लागेन भाइहरुलाई हतार हतार स्कुल पुर्याइयो । कम रोइन त्यो दिन झन भाइहरुलाई भनेर महिनौं दिनदेखि होलीको सामान जोडेको थिंए, बेलुन अबीर पिच्कारी तर सब बेकार, त्यो बर्ष देखि हामीले कहिलेनी होली संगै खेल्न पाएनौं ,भाइहरुको स्कुल पूरा नभइकन नै म बिदेस लागें , त्यस्पछी त बिदेसको बिदेस नै ,बाबाआमाले छोराछोरी माथी चाहिने भन्दा बढि खर्च गरे , अरु खर्च भन्दा नि पढाइमा गरिएको खर्च काम लागेन ,जुन तरिकाले जुन हिसाब किताबले हामीमाथी बाबाआमाले पैसा खर्चनु भो त्यो तरिकाले त हामी इंजिनीयर डाक्टर या फेरि हाकिम नै बन्नुपर्थ्यो तर कोही केही हुन सकेनौं सिवाय कुल्ली ।

जुन काम हामी आफ्नो देसमा गर्न लजाउंछौ त्यहि काम अरुको देसमा चाहिं छाती फुलाएर गरिरहेका हुन्छौं , गोरु जोताइ काम गरेर स्वदेस फर्किएपछि घरमा चाहिँ एक गिलास पानी ल्याउनलाई नि काम गर्ने राख्छौ भनेसी त्यत्रो लामो समय पछिको बिदेस बसाइबाट हामीले के चाहिँ सिक्यौं ? हामीलाइ बिदेस आएपछि मात्रै थाहा हुन्छ काम सानो ठुलो हुंदैन भनेर अनि प्रसंगबस या बिना प्रसंग नै प्रबचन दिइरहेका हुन्छौं तर स्वदेसमा पुगेपछि भने फेरि उहि चाला ,जाबो ग्यासको खाली सिलीन्डर बोक्न नि हामी भरियाको खोजी गर्छौ, अचम्म लाग्छ सोच्दा नि कहिले हाम्रो दिमागको बत्ति जल्ने होला भनेर, आफ्नै देसमा बसेर दुई छाक खान पुगोस , तन ढाक्ने एक सरो लुगा लाउन पाइयोस त्यो भन्दा बढि के खोज्ने ,कलम चलाउनेनी बिदेसै लाग्या छ्न कुटो कोदालो चलाउनेनी बिदेसै लाग्या छ्न अनि आफ्नो देसमा बिकास भएन भनेर गुनासो पोख्ने ठाउँ रहन्छ । हो यदि अर्को बिकल्प नभएर बिदेस लाग्नुपर्यो रे त्यो ठिक छ तर अब यती भएपछि आफ्नै देसमा नि लगानी गरेर जिबीका चलाइन्छ भन्ने लागेपछि त फर्कन पर्छ नि तर होइन त्यहिं सेटल हुनपर्छ हामीलाइ , जो बिदेसमा छ्न स्वदेस फर्कन नखोज्ने, जो स्वदेसमा छ्न बिदेसै मात्रै जान खोज्ने,आफ्नो खेत खलियान बांझो राखेर अन्नपानी किनेर खान रुचाउने,अर्काको देसमा टाइसुट लाएर चिल्ला चिल्ला गाडी कुदाउने भन्दा आफ्नै देसमा ठेला गाडि धकेल्नेको इज्जत बढी हुन्छ जुन कुरा बुझ्नलाइ नजर कुँजो हुन भएन ,

नेपालमा के छ जानेकुरा मात्रै गर्छौ , धुंलो धुंवा खान जाने, त्यहांको मान्छेलाई नै कहां जाउं भइराको बेलामा , न पानी छ न बिजुली बत्ती केहि छैन किन जाने , बर्षको एकपटक हलिडे जाने आउने भइतहाल्यो त्यती मै चित्त बुझाउनुपर्छ । यो मन र शरिरलाई जे गर्दा जता लांदा नि हुन्छ , हाम्रा नानी यहां छ्न बुडो साथमा छन के खोज्न जानु के छ त्यहां पो भन्दा रैछन अनि बातको सिलसिला टुंगिन्न होला त ?  ।

शुन्य एकान्त भीड हरियाली यहांको कुनै चिज पनि प्रीतिकर लाग्दैन खै किन किन , यत्रो बर्ष भइसक्यो मन अलिकती नि टुसाको छैन,यहांको रमझम रमिता कोलाहल सबै सबै कर्कस लाग्छ । बिहे जस्तो कुरो गरेपछि अरुको चल्छ तर आफ्नै चाहिं चल्दैन रैछ । आफ्नै देसमा जाउं हातखुट्टामा ताकत रहंदै आफ्नो देस फर्कन पर्छ ताकी त्यहां पुगेर नि आफ्नो माटोको लागि केही गर्न सक्ने जांगर बचोस भनेर संझाई रहेको हुन्छु  तर …….।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *