KHOJ BY TMAYA RAI(खोज )

khoj
source:https://pixabay.com/en/

खोजीरहें बिहानीहरुलाइ
खोजी रहें उजेलीहरुलाइ
मेरो खोज सबै निरुत्तर बने
जब एक पछी अर्को निरासा
हात लाग्दै गए ,
धोका माथी धोका सिलसिला
बढ्दै गएपछि
बदनाम गल्लीको आकृती सम्झेर
धपाइएकी म
कि खसीरहे कि चुहिरहें

कति कठोर कति क्रूर ति चालहरु
मक्कारीपनका सबुत ति मातहरु
मुखले एउटा व्यबहारले अर्को
जो ताली त बजाउंछ्न
तर ईर्श्यालाइ खंदिलो बनाउनलाइ
आफ्नो कुन पराया कुन
समयको कोखमा रुपरंग कोर्दै
आहिस्ता आहिस्ता भ्रमका
पर्दाहरु च्यात्ने तर्खर गर्दै

संरचना जुन साधारण थिए
हल्का रङ्गिने चाहना जस्ले
असन्तुष्टिको हद पार गरे
त्यसपछि तिमी तिमी भइ रहन
सकेनौ ,
मलाइ पनि म भएर जिउन गाह्रो
पार्दै गयौ

म के गरुं तिमीलाइ
कांपेर तिमी लड्यौ भने ,
भुकम्प मेरो तनमनमा आउनेछ ,
त्यसैले आफैंलाइ कोस्दै
अतितलाइ बल्झाउंदै
एक्लै एक्लै हांसिरहेछु
एक्लै एक्लै रोइरहेछु

Leave a Reply

Your email address will not be published. Required fields are marked *