कहिलेकहिले मलाइ यस्तो किन लाग्छ कि जती नै आफ्नो मान्छेको माया लागेपनी मरेर गएपछि उसको शरीरलाइ कि पुरिन्छ कि जलाइन्छ नत्र
कुहिएर गन्हाउन थाल्छ त्यस्तै एकोहोरो प्रेमलाइ पनि यदि जिवनको हिस्सा मानेर त्यसलाइ पाउनुतीर
आफ्नो ध्यान लगाइनै रहने हो भने त्यो घातक सिद्द हुन सक्छ जसरी मरेको शरीरले मात्रै दुर्गन्ध फैलाउन सक्छ त्यस्तै एकोहोरो प्रेमले पनि
मात्रै मात्रै पिंडा दिन सक्छ कसैको सोच्ने सम्झने शक्तिलाइ नै प्रभावहिन बनाइ दिन्छ त्यसैले जसरी मरेपछि शवको दाहसंस्कार गरिन्छ त्यसरी
नै एकोहोरो प्रेमलाइ पनी मृत घोषित गर्नु पर्ने हुन्छ नत्र त्यसले षडयन्त्र जालसाँझ धोका हत्या
जस्ता भयानक रोगहरु जन्माउन सक्छ जो बिष वनेर सामाजिक बातावरणलाइ नै विषमय बनाउनेतीर लाग्छ ।______________________________________________________
कस्तो हृदयविदारक दृश्यहरु त्यस्ता दृश्यहरु जसको जन्मदाता स्वयं मान्छे
नै हुन भन्दा कहाली लाग्छ ! अपराध अपराध नै हुन्छ जस्तो सुकै
तर्क पेस गरेर पनि त्यसलाई सहि हो भन्ने आधार दिन सकिंदैन , कस्तो
कस्तो भयानक मृत्यु मर्न बाध्य भएका पिंडितवर्गहरु मध्य कतिले
न्याय पाए होलान कतिले पाएन होलान , कोहि अनैतिक सम्बन्धको
बली चढे होलान कोहि लालचको अनि कोहि आबेसको जुन कारणले
मारिए पनि मृत्यु कसैको लागि सहज पक्कै हुँदैन तरपनि देस
र जनताको भलाइ अनि न्याय र अन्याय बिचको लड़ांइ हो भने
मार्नु मर्नु जायज हुन्छ कि जस्तो लाग्छ किनकी जब जब त्यस्तो भएको छ इतिहास बनेको छ ,
इतिहास जसको रंग रातो हुन्छ अनि
रातो रंग रगतमा हुन्छ !
____________________________________________________
जान्नेहरुले पनि सबैकुरा जानेका हुन्नन् , नजानेकाहरुले पनि सबै कुरा नजानेका हुन्नन् त्यसैले मिलिमत्तोमा धेरै भन्दा धेरै ज्ञान आर्जन गरौं किनकी
ज्ञान त्यो सागर हो जसमा जति डुब्दै गयो त्यति नै डुब्न मनलाग्दो रैछ ,जति गहिराइमा पुग्यो त्यति नै मोती पाइँदो रैछ ।
________________________________________________________________________
हरेक कुरालाइ फाइदा बेफाइदाको तराजुमा किन जोक्छन ? हरेक कुरालाइ पैसासंग जोडेर किन आफ्ना सोच्ने तरिकालाइ अपाहिज बनाउँछन् ? जो इमान्दार छन् ,जो संग सेवाभाव छ ,जो शोषित वर्गभित्र आफुलाइ उभ्याउन चाहाँदैनन् किन उनीहरु नै आरोप र प्रत्यारोपको सिकार हुने गर्छन ? जो सत्य बोल्छन उ किन समाजमा एक्लो हुन्छ ?जवाफ कसैसंग छ ???????????????
___________________________________________________
हुनेखानेलाई मात्रै दिने गर्ने हो भने नहुनेलाई चाहिं ??? कस्तो क्रुर
पक्ष हो यो जसलाई हामी सजिलै नजरअन्दाज गर्न सक्छौं !
__________________________________________________
मेरो लास माथि टेकेर उचाइ दिन खोजीएको तिम्रो
चाहनाको संरचना कतै समय र परिस्थतिको चपेटामा
परेर ध्वस्त हुने त होइनन् !
__________________________________________________
सोची ल्याउँदा जिन्दगी के नै पो रैछ र ? नबाचुन्जेल कति नै पो रैछ र ? त्यसै गौतम बुद्दले महलको सुखलाइ परित्याग गरेका होइनन |
_________________________________________________
कल्ले नै तक्मा लाइदिने जस्तै छाति फुकाइ हिंडछन्
गमक्क परि मै हुँ भन्दै सास रोकी बस्छन ।
_________________________________________
अन्धो लुलो लंगडो जसले गर्ने माया पनि माया नै हुन्छ फेरी किन फरक सोंच अनि फरक परिभाषाले ठाउँ पाउँछ