Artificiality By Tmaya Rai

दुख त्यहिं संग बांड्न पर्छ जस्लाइ सुख दिनलाइ सिंगो जिवन नै दाउमा लाउन सकिन्छ, कुनै कुनै मान्छे यस्ता नि हुन्छ्न जो सुख पाउँदा चुपचाप अनि दुख पाउँदा हार गुहार लाउने, यस्ता मान्छेहरुको प्रस्तुती नै दमदार हुंदो रैछ जसरी पर्दा भित्रको भन्दा पर्दा बाहिरको पात्रहरुको बढि नै तारीफ गरिन्छ,त्यस्तै असल जिन्दगीमा पनि भित्र जस्तो सुकै होस तर बाहिर चिल्लो मिठो बोल्नेकै बाहुल्यता रहेको आभास हुन्छ, जस्ले चिप्लो घस्नै जान्दैन उस्को हालत उहि पर्दा भित्रको रियल एक्टरको जस्तो हुन्छ जस्को सही मुल्यांकन गर्नमा नजर चुक्ने गर्छ, कतै मानब समुदाय अभिनय तर्फ आकृष्ट हुने प्राणी भित्र त पर्दैनन ???

कृतीमताले ब्यापकता पाइरहेको अहिलेको युगमा भोकप्यास पनि केहि हद सम्म कृतीम नै हुन थालेको छ। आइफोनको कुरा गरौं,आइ फोन एक बाट अहिले कती पुगेको छ सात सम्म गनें त्यसपछि गन्नै छोडिदिंए,जती सम्म पुग्छ त्यो चल्छ नै होला किनकि भोक कृतीम भएपछि त्यस्को कुनै सिमा नै हुंदैन, किन म त्यस्लाइ कृतीम भोक मान्छु भने जुन चिजले प्रतीष्पर्दाको बिज रोप्छ त्यो सही हुनै सक्दैन अनि जो सहि हुंदैन त्यस्लाइ कृतीम नमाने के मान्ने त ? सक्नेको लागि केही होइन तर नसक्नेको लागि त्यहि नै जिद बने त्यस्को परिणती के होला??

सबैले सबै कुरा जानेको हुँदै हुंदैन, गहिरिएर सोंच्ने हो भने हामीले जती जानेका हुन्छौं त्यो भन्दा कयौं कुरा हामीले जान्न नचाहेकोमा हुन्छ, जान्न नसकेकोमा हुन्छ , नदेखेकोमा हुन्छ नसुनेकोमा हुन्छ !!!

दिन रात, सुत्नु उठ्नु , सज्जन दुर्जन,हानीकारक फाइदाजनक, खानु हग्नु ,हांस्नु रुनु आदि इत्यादि सबैको दुई भाग भए जस्तै सम्भवत संसार नि दुइटा हुनुपर्ने हो , एउटा देखीने अर्को नदेखीने, नदेखीने संसार कस्तो होला? आत्मा परमात्माको कुरा गरि हिंड्ने सन्तको ज्ञान या फेरि बिज्ञान खोज??

जिन्दगीभरि मसारी मसारी हुर्काएर रुख बनायो अनि फेरि त्यहि रुखको चेपाइमा नै उसको दुखद अंत लेखीयो भने त्यस्तोमा त्यो नियतीको मारलाई कती अंक दिने अनि कुन शब्द दिने ?

दुख्नु अनि दुखाउनुको ठुलो भाग नै जिवन हो कि ?किनकि जब कोहि शिशुले धर्तीको स्पर्श गर्ने तयारी गर्छ भने उ स्वंयमले पनि कती बल लाउंदो हो, ब्यालेन्स मिलाएर बल लाउन नजान्दा दुख्दो होला , एउटि आमाको झनै कत्रो ठूलो परिक्षाको घडि, प्रसब पींडा सहन सक्ने आइमाइ मान्छेहरु खासमा पुरुष भन्दा नि बलियो हुनुपर्ने हो !!!

सुख भन्दा दुख बढि मान्छेको जिवनमा यदि सुख नै रैछ भने पनि त्यसमाथी असन्तोष र लालचको नजर पर्यो भने त्यो सुख सुख रहंदैन , जिवन के हो बुझ्नलाई मान्छेले हर एक कणमा आफुलाइ आरोपीत गर्न सक्नु पर्ने हुन्छ , पात रुख ढुंगा कांडा फुल पानी हावा किरा फट्याङरा जिवजन्तु सबै संग समाउन सक्नु नै जिवनको ज्ञान हो कि ???
कहिलेकाहीं यस्तो लाग्छ जिवन हामीले जाने बुझेको भन्दा एकदमै फरक छ, बृहत छ अनि फेरि सांघुरो पनि, प्रकाश हो भने निशा पनि जिवन नै हो किनकी सृष्टि संग संम्बन्ध राख्ने हरेक कुरा जिवनका पाइलाहरु हुन, कोही बामे सर्दै गरेका, कोही हिंडीरहेका, कोही दौडिरहेका तर कसैलाई कहिं पुग्नु छैन बस नजरको भ्रमहरु मात्रै हुन,जुन कुरा उल्ले जिवन सकिने बेला महसुस गर्छ !!!!

कसैले कुनै दुर्घटनामा परेर दुइटै आँखा गुमाएको छ भने एउटै आँखा पाएनी कस्तो हुन्थ्यो जस्तो हुन्छ उस्लाइ,आँखा बिनाको मान्छेको कती खिल्ली उडायो होला, आफ्नो अगाडी भोकले छ्टपटाएको मान्छेलाई देखेको नदेखेकै गरि हिंड्यो होला, त्यस्तो मान्छेको आँखा भएर के गर्नु तर नि उस्लाइ आँखा चाहिएको हुन्छ, आँखा हुंदा के के न गरे जस्तो आँखा भए यस्तो गर्थें उस्तो गर्थें भनेर असन्तुष्टि ओकाली रहेको हुन्छ , हो त्यस्तै जिवनको अंतीम क्षणमा पनि अधुरो कुराहरु,मान्छेहरुको बारेमा नानाथरी कुरा काटेको, लंडाइ झगडा आदि इत्यादिमा बिगतलाई दुषित पारेको झल्को तंछाड मछाड गर्दै मनमस्तिष्कमा उर्लिंदो हो ?

यस्तो लाग्छ जिवनलाई धेरै जान्नु बुझ्नु बांकी छ, त्यसैले कहिले त लाग्छ , हावा संगै बहि जाउं, पानी जस्तै बगी जाउं,पंच तत्वमा बांडिनु पर्दाको त्यो पल
सुन्दर हुन्छ्न कि या फेरि बिभत्स त्यो सब अनुभुत गर्नलाई,अनि त्यस्को स्वादको बखान गर्नलाई कतै हराई जाउं कतै बिलाई जाउं पर पर अझै पर …..

Leave a Reply

Your email address will not be published. Required fields are marked *