सम्झौताका पाइलामा अस्तित्व नखोज

सम्झौताका पाइलामा अस्तित्व नखोज
आज छौं भोली हुन्नौं सँधैलाइ केहि रहन्न
मानिस हुनुको अर्थ बाँचुन्जेली भुल्दिन
लानु छ के नै लोभ लालचलाइ ठाउँ दिनु हुन्न

बुझ आफुलाइ खुसी जेमा त्यहि नै सहि हुन्छ
अरुको हेरे अरुको गरे आफ्नो चाहिं के रहन्छ
मरण एकै चोटि शिर नझुकाउ बरु लडेर मर
कोसिस गर माटो हो आफ्नो कसैको भर नपर

शंका लाग्छ रुप यो खै कस्को कस्को
टेक्न टेकाउन दुवै गाह्रो विचार सस्तो
नराम्रो सोचे नराम्रो गरे मन अशान्त रहन्छ
खर्च गर्न सके बुद्दि र बल देस बन्न कर लाग्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *