मन नपरेको मान्छे

मन नपरेको मान्छेले आफुलाइ गलत तरिकाले छुँदा त कस्तो घिन लाग्छ हगि ? झन आफ्नो शरीर बेच्नुपर्नेहरुको पिंडा त कता हो कता कल्ले बुझ्ने ? केहि चिज देख्ने वितीक्कै झ्वाट्टै कमेन्ट पास गर्ने मान्छेहरुलाइ त झन के थाहा आफ्नो भन्दा आफ्नाको भोक खप्न कती गाह्रो हुन्छ भनेर, कतै बुझेर चुप छन, कतै नबुझेर ! जो जिउँदो जाग्दो मान्छेको मोल लाएर लुकिछिपी आफ्नो शोख पुरा गर्छन उ चाहिं इज्जतदार जो आफ्नो इच्छा चाहाना विपरित गएर पलपल मर्छन उस्को इज्जत चाहिं तार तार ( सयमा दुइ चार यस्ता नहोलान भन्न सकिन्न जसलाइ भड्किलो खर्च धान्न मुस्किल परेर वेश्या बन्ने गर्छन यो लेख तीनका हकमा भने पक्कै पनि लागु हुँदैन )

Leave a Reply

Your email address will not be published. Required fields are marked *