बामे सरे हिंडे कुदे

“बामे सरे हिंडे कुदे”
तिमीलाइ भेट्न खोज्दा उल्टै लडें
“म” म रहिन त्यसपछि,
आफुले आफुलाइ कोस्न थालें,
कती मेहनत लाउंछौ
मेरो दिल तोड्नलाइ
म बुझ्छु गाह्रो हुन्छ
माया बुझ्नलाइ
उठे सुते बसे तिम्रै झझल्को
सामीप्यता छैन न्यानोपनको
कहाँ होला त्यो ठाउँ
जहां तिम्रो याद नआओस
यो संसारबाट तिमी होइन
म अघी जान पाइयोस
अचम्म हुँदो रैछ
प्रेमको अनुभुती
देख्ने नदेख्ने देखिएर
लाउँछ काउकुती

Leave a Reply

Your email address will not be published. Required fields are marked *