तिम्रो सहि र गलत

तिम्रो सहि र गलत
कस्ले के भन्छमा आधारित छ
मेरो सहि र गलतमा
प्रकृतीको इशारा छ

तिम्रो आत्मीयता
सामाजिक बन्धनमा छ
मेरो निकटता
पिंडीतको क्रन्दनमा छ

तिम्रो दुख र संघर्षले तिमीलाइ
आफ्नो बारेमा मात्रै सोंच्न सिकायो
मेरो दुख र संघर्षले मलाइ
जो कोहीको दुख बुझ्ने बनायो

त्यसैले चाहेर पनि म तिमी
जस्तो बन्न सक्दिन
मानीस भएर जिउन पाउं
अरु केहि चाहिंदैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *