कस्तो नबुझेको भन्ने मान्छे जो कोहि उसले आफुले आफैलाइ चाहिं कती बुझेको हुन्छ होला ?

कस्तो नबुझेको भन्ने मान्छे जो कोहि उसले आफुले आफैलाइ चाहिं कती बुझेको हुन्छ होला ? आफ्नो लागि समय छुट्टाउन सक्नु नै आफुलाइ बुझ्ने कोसीसमा लाग्नु हो, खुसी छौ कि छैनौ ? त्यस्को सहि जवाफ पाउनलाइ आफुले आफैलाइ प्रश्न गर किनकी आफ्नो बारेमा बुझ्नको लागि अरु कसैको साथ र सहयोगको आवश्यकता पर्दैन, यसकारण पनि कि आफुलाइ भन्दा बढि आफ्नो बारेमा अरु कसैलाइ थाहा हुँदैन !

उदाहरणको लागि – मेरो औंला काट्यो भने मेरै खुन आउंछ,मेरो आय्या सबैभन्दा पहिले मलाइ नै दुख्छ, कती नजिक कती घनिष्ट हुन्छ आफु संगको आफ्नो नाता, बाँकी त सामिप्यताको आधारमा फरक पर्ने नपर्ने हुन्छ ! रामको हात काटेर श्यामको रगत बगेको कहिले सुनेका छौं? कुरा एउटा काम अर्को गरेर पनि धेरै समस्यामा पर्ने गर्छौं, बिर्सिनु भएन हरेक सम्बन्ध भित्र एउटा मान्छे हुन्छ भनेर !

भाको जती सबैलाइ खुसी पार्छु भन्दा उल्टो आफु दुखी भइन्छ, एक्जाममा पनि त कोइसन सरर हेरेर सक्ने सक्ने प्रश्नको जवाफ पहिले लेखिन्छ, नसक्ने प्रश्नमा नै अल्झि राखे सजिलो प्रश्नको जवाफ लेख्ने समय नै फुत्किन्छ, अनि के हुन्छ? त्यहि कुरा आफ्नो जिवनमा पनि लागु हुन्छ, अरुलाइ भन्दा आफुलाइ खुसी पार्न धेरै सजिलो हुन्छ, सजिलो छोडेर गाह्रो अनी असम्भव कुरा गर्न खोज्छौँ अनी लाइफ सिम्पल हुन्छ त ? हरेक चिजको सिमा हुन्छ, चाहे त्यो अन्याय आफु माथी होस या अरु माथि, अन्याय त अन्याय त अन्याय नै हुन्छ, अनी जहां अन्याय हुन्छ त्यहाँ विद्रोह, किन बेकारमा विद्रोहलाइ ठाउँ दिने? किन गुनासो पाल्ने त्यसैले पहिले आफुलाइ ध्यान देउ, मनपरेको खाउ मनपरेको लाउ, मनपरेको गर, कस्ले के भन्छ भन्ने डर धक त्यागेर अघि बढ अनि हेर तिमीलाइ खुसी हुनबाट कल्ले रोक्न सक्छ ?

मान्छेलाइ घमंड अहंकारले मात्रै खोक्रो पार्दैन, त्यो मान्छे पनि खोक्रो हुन्छ जस्ले आफुले आफुलाइ बुझ्ने कोसिस नै गर्दैन या फेरि बुझ्नलाइ नै ढिला गरिदिन्छ !

( यसको मतलब मान्छेले आफ्नो बारेमा मात्रै सोच्नु पर्छ भन्न खोजीएको होइन)

Leave a Reply

Your email address will not be published. Required fields are marked *